लागूऔषध सम्बन्धी वृहत् जनचेतनामुलक कार्यक्रम सम्पन्न

मदनकृष्ण सिलवाल

स्थानीय समुदायलाई लागूऔषध नियन्त्रण सम्बन्धी जनचेतना दिने उद्देश्यका साथ वृहत् जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।

बानेश्वरस्थित श्रीभिमसेनगोला मा.वि. कालीमार्ग बानेश्वरमा सामुदायिक विकास तथा सेवा समिति बानेश्वर ३१ र १० तथा सामुदायिक प्रहरी सेवा केन्द्र ३१ र १० को संयुक्त आयोजना आयोजित सो कार्यक्रममा देउराली क्लब, महानगरी प्रहरीवृत्त बानेश्वर र युनिग्लोब कलेज, बानेश्वर सह–आयोजकको रुपमा रहेका थिए ।

कार्यक्रममा सामुदायिक सेवा समिति बानेश्वर–१० का महासचिव अशोक कार्कीले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सचिव सामुदायिक विकास तथा सेवा समिति बानेश्वर ३१ का सचिव गणेश केसी गर्नुभएको थियो ।

सो ¥याली कार्यक्रममा एन.के. सिंह मेमोरियल ई.पि.एस. विद्यालय, शताब्दी विद्यालयका विद्यार्थी भाइबहिनीहरुको सहभागिता रहेको थियो । ¥याली बानेश्वरचोकदेखि देउराली क्लबमा आएर सभामा परिणत भएको थियो ।

सामुदायिक विकास तथा सेवा समिति बानेश्वर ३१ का अध्यक्ष प्रा.डा. वासुदेव त्रिपाठीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम लागूऔषध नियन्त्रण व्यूरोका प्रमुख प्रहरीनायव महानिरीक्षक ठूले राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

सो कार्यक्रमा विशिष्ट अतिथि ३ नं. प्रदेश सभासदद्वय राजेन्द्र गुरुङ्ग र दिपेन्द्र श्रेष्ठ विशेष अतिथिका रुपमा उपस्थिति थिए भने अन्य अतिथिहरु कामपा वडा नं.१० र ३१ का वडा सदस्यहरु, देउराली क्लवका अध्यक्ष अर्जुन राना, निवर्तमान अध्यक्ष बसन्तकुमार श्रेष्ठ, पूर्व अध्यक्ष लिलेन्द्रप्रसाद प्रधान, पञ्चकुमारी महिला विकास केन्द्रकी अध्यक्ष मेनुका उपे्रती, प्र.नि. प्रकाशबहादुर सिंह, सामुदायिकप्रहरी प्रमुख वासु नेपाल, एन.के.सिंह मेमोरियल ई.पि.एस. विद्यालयका सह–प्राचार्य राजेन्द्र शर्मालगायतको उपस्थिति थियो ।