नेपाल क्योकुसिन बुदो कराते कम्युनिटी संघ द्वारा आयोजित बेल्ट टेस्ट र ग्रेडिंग सेमिनार सम्पन्न

स्वास्थ्यका लागी खेलकूद राष्ट्रका लागी खेलकूद नारा बोकेको क्योकुसिन बुदो कराते कम्युनिटी संघको स्थापना २०७४ साल अश्विन ६ बिधीवत रुपमा भएको थियो।
नेपाल खेलकूद परिषद् मा बिधीवत रुपमा दर्ता भई दर्ता नम्वर १९१ रहेको यस संघको केन्द्रीय कार्यालय काठमान्डौ स्थित दशरथ रंगशाला मा रहेको छ।

२०७४ साल फाल्गुन ४र५ गते काठमान्डौ स्वयम्भुको भुईखेलमा राष्ट्रव्यापी प्रतियोगिता गरिसकेको यस संघले बेलायतमा रहेको क्योकुसिन बुदो कराते संघ बेलायत बाट मान्यता प्राप्त गरेको छ।

यस संघले स्थापनाको ९ महिनामा १७ वटा जिल्ला शाखा विस्तार गरिसकेको छ भने यस संघको १७ सदस्य कार्य समिति रहेको छ।संघका महासचिव अजय मर्हजनका अनुसार यस सेमिनार कार्यक्रममा सीनियर खेलाडीहरुले मात्र भाग लिने र खेलाडीहरुले फस्ट डन ,सेकण्ड डन उपाधि लिनका लागी यस खेलको डेमस्टेसन देखाउनु पर्ने,काटा सो गर्नु पर्ने, फाईट गर्नु पर्ने, खेलाडीले अनुशासनको जाच पास गर्नु पर्ने साथै लिखित जाच पनि पास गर्नु पर्ने बताउनु भयो।यस खेलको सेकण्ड डनको उपाधि नेपालमा जिते पनि बेल्ट र उपाधि जितेको प्रणामपत्र लिन बेलायत वा जापान जानु पर्ने पहिलको समस्या बाट छुटकारा मिल्ने र अहीले हामीले क्योकुसिन बुदो कराते संघ बेलायत सग कुरा गरेर फस्ट डन र सेकण्ड डनको उपाधि यस वर्षको लागी नेपाल बाट दिन मिल्ने गरी ब्यवस्था मिलायका छौ गुरु तथा शाखा प्रमुख राम बहादुर बोम्जनले बताउनु भयो।

यस खेलको यस प्रतियोगितामा करिब ५० जना प्रतिस्पर्धी रहेको र यसको नतिजा आउन करिब१हप्ता लागे पनि खेलाडीहरुले यस प्रतियोगिताको सबै प्रक्रिया पुरा गरी सबै जनाले उपाधि हासिल गर्नेमा आफु आशावादी रहेको संघका अध्यक्ष भुषण मर्हजनले बताउनु भयो।कार्यक्रममा १७ वटै जिल्लाका खेलाडी तथा प्रशिक्षकहरुको सहभागिता रहेको थियो।