यसरी भयो रबि लामिछाने र आङ कामी शेर्पाको मिलन ! इराकमा बेचिएकी चेलीको उद्दार सहित (भिडियो)

स्कटनेपाल युके,
सामाजिक अभियन्ता र प्रवासमा बेचिएका चेली हरु उद्दार गर्ने एक सफल व्यक्तित्व आङकामी शेर्पाको स्टाटस मेसेज सहित !
सामाजिक अभियानमा हामी एक छौ ।
हाम्रो लक्ष्य उदश्य एउटै हो। हामिहरुको भनाइ सर्वसाधारण दुखिगरीब,धनि रोजगारी बेरोजगारी सुगमका दुर्गमका सबै,सबै नेपालीले आफ्नो देश नेपालमा स्वतन्त्र रुपमा बाच्नपाउनुपर्छ। मानिसले मानिसलाइनै आफ्नो ब्यक्तिगत होस या कुनै पनि अर्थमा दु:ख पीडा दिन पाउदैन बचने अधिकार सम्पुर्ण ब्यक्तिको बराबर हुन्छ। सकिन्छ भने दुखी गरीब असाहाय बिपन्न बर्गसामुदायको सहयोग गरौ सकिँदैन भने गर्नेहरुलाइ सान्तोना र हौसला प्रधान गर्दै सबैले सबैको मया गरौ भन्ने हो। र कुनैपनी ब्यक्तिले संथा अथवा सरकारी कर्मचारीले आफ्ना स्वार्थमा अर्कोलाइ दु:ख दिन्छ भने त्यस्ताब्यक्तिहरुलाइ कारबाही माग गर्दै सरकारवाला सग हारगुहार गर्ने हो। बास्तबमा भन्ने हो भने मेरो ब्यक्तिगत दुश्मनी कुनैपनी ब्यक्ती संथा र कुनैपनी सरकारी कर्मचारी सग होइन छैन। तर जस्ले मेरो देश र मेरा नेपाली दाजुभाइहरुलाइ असहज सिर्जना गर्दै दु:ख दिन्छ तेस्ताहरुकोलागी म मरेपछी पनि लड्ने छु। लडिरहनेछु। मलाइ सम्पुर्ण न्यायप्रेमी दाजुभाइ तथा दिदिबहिनिहरुको सल्लाह सुझाव हौसलाको अत्यान्तै खाचो परेको हुन्छ। हरेक ठाउहरुबाट तपाइहरुले गर्नुभएको पनि छ। सम्पुर्णलाई धन्यवाद भन्न चाहन्छु। र जतिपनी ब्यवसायिक रुपमा दाजुभाइ दिदिबहिनिलाइ परदेशमा रोजगारीका लागि पठाउदै अबैध हिसाबमा कारोबार गर्दै ठगिधन्दा चलाउने दाजुभाइहरुलाइ म लगायत सम्पुर्ण हाम्रो टिम मिनम्रतापुर्वक हात जोडेर भन्छौ। मान्छेले मान्छे बेचबिखन गर्न छाड।