नयाँ वर्षको सम्भब पहिलो तिज गित “जन्म घर माइतमा” भिडियो हेर्नुहोस

असारको महिना चलीरहेको छ देश भरका किसान खेलमा मानो रोपेर मुरी फलाउने तरखरमा छन् तर त्यो भन्दा भिन्दै नेपाली लोक कलाकारलाई भने अर्कै चिजको चटारो छ त्यो हो “तिजको गित”. यतिबेला नेपाली लोक कलाकारलाई तहोर र माहोर छ कोहि गित रेकड गर्दै छन्,कोही भिडियो बनाउदै छन् l पहिले पहिले तिजको बेलामा बिशेष गरि महिला कलाकारहरु व्यस्त रहेन गर्दथे तर अहिले यो परिबर्तन भएको छ पुरुष कलाकारले पनि तिजमा गित गाउने र नाच्ने गर्ने थालेपछी यो परिबर्तन आएको हो l

तिज आउन लामो समय बाकी रहदै गर्दा तिजका गितहरु बजारमा आउन थालेका छन् l यसैक्रममा यो वर्ष पोखरेली कलाकार प्रदिप त्रिपाठीले नयाँ तिजको गित”जन्म घर माइतमा” लिएर आउने भएका छन् जसमा महिला स्वरमा साथ दिएकी छिन चर्चित गायिका राधिका हमालले संगै यो गितमा नब मोडल बिनिता ओझासंग कम्मर मर्काइ मर्काइ नाचेका छन् गायक प्रकाश सपुतले l घनश्याम रिजालको शब्द रहेको गितमा प्रदिप त्रिपाठीको लय रहेको छ भने बिनिता ओझा र प्रकाश सपूतको जोडीलाई नचाएका छन् अर्थात निर्देशन गरेका छन् शिब चालिसेले.

हेर्नुहोस भिडियो यसरी तयार बनेको छ नयाँ वर्षको सम्भब पहिलो तिज गित “जन्म घर माइतमा”