‘चाईल्ड आईकन धरान’ को ताज नेहारिका र युमिनालाइ (फोटो भिडियो सहित)

ईटहरी/ धरानमा पहिलो पटक आयोजना भएको ‘चाईल्ड आईकन’ भब्य र सभ्य रुपमा सम्पन्न भएको छ । धरानमा छरिएर रहेका २५ बढी स्कुलका झन्डै ३०० का हाराहारीमा स्कुले केटाकेटीहरुको उत्साहजनक सहभागिता रहेको थियो । अडिसन पश्चात् ६५ जना छानिएका मध्ये उत्कृष्टबाट सर्बोत्कृष्ट हुँदै नेहारिका लिम्बू र युमिना थुलुङले आईकनको ताज पहिरन सफल भईन । यो संगै बिजेता तथा उप बिजेताहरुले अन्तर्राष्ट्रिय चाईल्ड आईकनमा सहभागी हुने सुनौलो मौकाको साथमा अमना ट्राभल एण्ड टुर्सको तर्फबाट टुर प्याकेज, युरेका स्कुल र सियोन स्कुल धरानको तर्फबाट छात्रवृत्ति समेत पाएका छन् । हेर्नुस् भिडियो ।

असार ९ गते सनिवार धरानस्थित भोटेपुलको सभागृहमा सम्पन्न भएको फाईनल प्रतिष्पर्धामा प्रतिष्पर्धीको अभिभावक लगायत ५०० बढिको उपस्थिति रहेको थियो । करिब दिनको २:३० बाट सहभागी ६५ जनाको एकसाथ नृत्य संगै सुरु भएको चाईल्ड आईकनको फाईनल कार्यक्रम साझ ७ बजे सम्म चलेको थियो । बिजेताको ताज पहिरिएकी नेहारिका सिनियर तर्फबाट बिजेता हुन भने उनले फाईनल प्रश्नोत्तर राउन्डमा निर्णायकले सोधेको ‘तिमीले बाल आश्रममा सहयोग गरिसकेपछि त्यहाबाट के सिक्यौ ?’ भन्ने प्रश्नमा ‘मैले यो कार्यक्रमबाट हामिले एकअर्का प्रती सहयोगी भावना राख्नुपर्छ । साथै अनाथ तथा समस्यामा परेका जो कोहिलाई जति सकिन्छ त्यति सहयोग गर्नुपर्छ । हामी भिन्न भिन्न मानिस भएतापनी हामिमा बग्ने रगत र रगतमा बग्ने रङ्ग एउटै हुन्छ । अन्त्यमा, राष्ट्र बिकास गर्नको लागि मानिसको बिकास गर्न जरुरी छ ।’ भन्ने जवाफ दिदै बिजेता बन्न सफल भएकी हुन् । उनी बिष्णु मेमोरियल धरानमा कक्षा ७ मा अध्ययन गर्छिन् ।

जुनियर तर्फबाट बिजेताको ताज पहिरिएकी युमिनाले पनि नेहारिकालाई नै सोधिएको प्रश्नको जवाफ ‘मैले धेरै कुरा सिके त्यो सहयोग देखी, मैले हाम्रो थोरै सहयोगले हामिले एउटा मानिसलाई साहारा दिन सक्छौ । र हामिले उनिहरुको लागि धेरै गर्न सक्छौ । र हाम्रो सानो हेल्पले उनिहरुको मुखमा खुसी दिन सक्छौ । र हाम्रो सानो हेल्पले हामिले कसैको लाईफ बनाउन सक्छौ ।’ दिदै निर्णायक लगायत उपस्थितको मन जितेकी थिइन् । उनी के के ईन्टरनेसनल स्कुल धरानमा अध्ययनरत छिन् ।

त्यस्तै सिनियर तर्फ फस्ट रनरअपको उपाधी सुम्मिट सेकेन्डरी धरानमा अध्ययनरत अनन्ता तामाङले जितेकी छिन भने सेकेन्ड रनरअप आईडियल इङ्लिश सेकेन्डरी स्कुलका अङ्कित राई राज्यले हात परेका छन् । यता जुनियर तर्फ भने सुम्मिट स्कुलका जिबित राईले फस्ट रनरअप र के के ईन्टरनेशनल स्कुलकी रीजा श्रेष्ठले सेकेन्ड रनरअपको उपाधी जितेकी छिन् । सहभागी सम्पुर्णलाई बिगत २ हप्ता अघिदेखि मिस टुरिज्म नेपालकी सेकेन्ड रनरअप सोयाश्री बज्राचार्य लगायतले विभिन्न किसिमका ब्याक्तित्व बिकाश, र्याम्पहरुको विशेष कक्षा दिइएको थियो ।

उक्त प्रतियोगितामा सीता पाठक, अरुण प्रधान, एलिजा मगर, बिनोद श्रेष्ठ, रेश्मा घिमिरे, गोपल देवान, अशोक जबेगु, सन्जिब बन्तावा, मनिकुमार राई, र जिता गुरुङ निर्णायकको भुमिकामा रहेका थिए । मिडियाल्याण्ड काठमाडौको आयोजनामा सम्पन्न सो प्रतियोगितामा सहभागी ६५ प्रतिष्पर्धीका ६५ मम्मिहरुले समेत एकसाथ र्याम्प शो गरेका थिए । यस्तै सहभागी सम्पुर्णले आफ्नो सामाजिक उत्तरदायित्व बहनका लागि धरानका असाहय बालबालिका तथा पुनर्स्थापना गृह धरानमा सहयोग पनि गरेका थिए । सहभागीहरुले आफै आफ्नो साथिभाई तथा आफन्तहरू संग सहयोग संकलन गर्दै यस्तो कार्य गरेको हो ।