ए निष्ठुरी पापीनी अब मलाई भेट्न आउ आर्यघाटैमा (भिडियो सहित)

स्कट नेपाल – हिरा मोति सुन फल्छ यहि देशमा बोलको गित बाट गित संगितमा पाइला टेकेका लोकप्रिय सर्जक दिपक कँडेलको उत्कृष्ट शव्द सिर्जनामा जिवन कँडेल र सिता श्रेष्ठको आवाज रहेको नयाँ गित आर्यघाट भर्खर मात्र सार्वजनिक भएको छ ।

यहि गितबाटै गायक जिवन कँडेलले सांगितीक क्षेत्रमा पाइला टेकेका छन भने उनको पहिलो गितमै उत्कृष्ट आवाज समेत दिएका छन । त्यस्तै निकै लोकप्रिय गायीका सिता श्रेष्ठले पनि गितमा निकै न्याय गरेर गायकी छन ।

गितमा जापानमै रहेका सर्जक तथा गायक समुन्द्र राज पौडेलले लय सिर्जना गरेका हुन । दिपिक म्युजिकले बजार व्यवस्थापन गरेको सो गित सार्वजनिक भए पछि हामी सँग कुरा गर्दै नव गायक जिवन कँडेलले आफ्नो पहिलो सिर्जना सबैले माया गरि दिनेमा आफु आशावादी रहेको बताउनु भयो । त्यस्तै सर्जक दिपक कँडेलले जिवनको आवाजमा सम्भावना रहेको बताउनु भयो ।

सरोज रोशन भट्टराईले म्युजिक भिडियो निर्देशन गरेको सो गितमा कृष्ण आचार्य र सञ्चिता शाहीको अभनिय रहेको छ । गितले मायाप्रेमलाई विषयबस्तु बनाएको छ ।