चीनबाट उत्साहित हुदै फर्किए ओली, तीन करोड नेपालीलाई विमानस्थलबाटै सुनाए यस्तो खुसीको खबर (भिडियो सहित)

काडमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीनको छ दिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फिर्ता हुनुभएको छ ।

छिमेकी राष्ट्र चीनको ६ दिने भ्रमण सकेर स्वदेश फर्कने क्रममा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले आफ्नो भ्रमणले दुई देशको सम्वन्धलाई नयाँ उचाइ कायम गर्दै सफल भएको बताउनु भयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले रेलमार्गको निर्माण सम्झौता चिनियाँ राष्ट्रपतिको चाहना र नेपालको आवश्यकता अनुरुप भएको प्रष्ट पार्नु भएको छ ।

उहाँले भ्रमणका क्रममा भएका महत्वपूर्ण सम्झौता उल्लेख गर्दै रेलमार्ग निर्माण सम्झौता चिनियाँ राष्ट्रपतिको चाहना र नेपालको आवश्यकता अनुरुप रहेको बताउनुभयो । अहिले सम्भाव्यता अध्ययनको क्रममा रहेको रेलमार्ग केही बर्ष भित्रमा नेपाल आउने उहाँको जिकिर थियो ।

दोस्रो पटक प्रधानमन्त्री भएपछिको दोस्रो विदेश भ्रमणका लागि प्रधानमन्त्री ओली असार ५ गते बेइजिङ प्रस्थान गर्नुभएको थियो । बेइजिङमा उहाँले चिनियाँ राष्ट्रपति सी जिङ पिङ र प्रधानमन्त्री ली खछ्याङलगायत चीनका कम्युनिष्ट पार्टीका नेतहरुसँग समेत भेटवार्ता गर्नुभएको थियो । भ्रमणका क्रममा नेपाल र चीनबीच बिभिन्न १२ सम्झौताहरु भएका छन ।

 

 हेर्नुहोस प्रधानमन्त्रीले गर्नुभएको सम्बोधन