महेन्द्रपुलबाट सेतीमा हाम्फालेर एक व्यक्ति बेपत्ता, यसरी सेती खोंचमा हराए (भिडियो)

पोखराको महेन्द्रपुलबाट एक व्यक्ति हाम्फालेर बेपत्ता भएका छन् । महेन्द्रुलपुल नजिकैकी एक महिलाले पुलको जाली क्रस गरेर हाम्फाल्न लागेका एक पुरुषलाई पछाडीबाट देखिन् तर मानिस को थिए स्पष्ट देख्न सकिनन् । उनले देखेको केही सेकेण्डमै मानिस सेतीमा बजारीएको आवाज आयो । उनले तत्काल प्रहरीलाई खबर गरिन तर अहिले सम्म हाम्फालेका मानिसको पत्तो छैन् ।
पोखराको चर्चित पुल महेन्द्रपुलबाट हाम्फालेका उनी को थिए र सेतीको खोंचबाट कहा पुगे त्यो सम्म पनि खोजी टोलीले पत्ता लगाउन सकेको छैन । महेन्द्रपुलमा बिहानभर खोजेपछि उनेको कुनै संकेत फेला परेन । उनी खसेको ठाउँमा कुनै ठूलो दाग छैन, कुनै कपडा तथा अड्कलबाजी गर्ने कुनै संकेत समेत उनले छोडेनन् । सिधै सेतीकोको साँघुरो खोंचमा पुगे कता गए–गए ।
महेन्द्रपुलमा उनको कुनै पत्तो नलाएपछि खोजी टोली तुल्सीघाटमा पुग्यो । नेपाल प्रहरी, शसत्र प्रहरी, नेपाली सेना, स्थानीयबासी सबै मिलेर खोजि कार्य तिब्र पारीएको थियो । तुल्सीघाटमा पुग्दापनि मानिसको पत्तो लगेन तर हाम्फालेका मानिस पोखरा महानगरपालीकाका बरिष्ठ अधिकृत ओमराज पौडेल भएको आशंका गरे । भीडमा जम्मा भएका मानिसहरु भन्दै थिए, घटनाको प्रकृती र अवस्था हेर्दा ओमराज सरसँग मिल्छ । बिहान मर्निङवाक हिडेका ओमराज यो समाचार तयार पार्दा सम्म ( शनिबार साँझ ६ बजे) सम्पर्क बिहिन थिए । उनको फोन घरमै थियो । उनले जुन रंगको कपडा लागाएर मर्निङवाक आएको थिए त्यही रंग नै हाम्फालेको प्रत्यक्ष देख्ने महिलाले देखेकी थिईन् तर पनि यसबारे कुनै प्रष्ट कुरा सम्बन्धीत निकायले दिन सकेको छैन । ओमराज हराउनु र सेतीमा मानिस हाम्फाल्नुले ‘बाघ कराउनु बाख्रो हराउनु’ जस्तो भएको छ । यद्यपी पुलमा राखीको बार नै नाधेर सेतीमा हाम्फल्ने दुश्साहस गर्नेको खोजि जारी छ.। सेतीको पानि सेतो भएकाले र खोंचहरु साँधुरो र जान समस्या पर्ने देखिएकोले खोजी कार्यमा समेत समस्या परेको छ ।