रबि लामिछाने भन्नु हुन्छ : म जलपान कुरेर बस्ने पत्रकार होइन।आज राती कस्ले दारु खुवाउछ भनेर आश गर्ने र भोलि पल्ट प्रकाशन हुने :

रबि लामिछानेको फ़ेसबुकबाट साभार –

प्रेस काउन्सिलका कार्यबाहक अध्यक्ष श्री किशोर श्रेष्ठ ज्यु को यो status पढ्नुस ।नेपाल र नेपलीलाई सरापेको कहाँ देख्नुभो उहाँले?पासपोर्ट फिर्ता प्रक्रियामा छु भनेर सर्वजनिक रुपमा भनेको, त्यतिन्जेल वोर्क पर्मिट लिएको, सकिन लाग्दा रिन्यु प्रोसेसमा रहेको, प्रोसेस पेन्डिङ हुदा गृहले dont worry भनेको मान्छेलाई यसरी लेख्ने उहाँ को हो? यस्तो भाषामा पख्लास भन्नेलाई तपाई नै गर्नुस् सम्मान।

प्रेस काउन्सिलको दायरा भित्र कसैको immigration status खोज्ने काम पर्छ? उजुरी मा सोधेको प्रश्नको मैले के जवाफ कसरि दिने त्यो मेरो स्वतन्त्रताको कुरा हो। होइन भने मलाई किन सोध्ने? जवाफ पनि आफै लेखे भैगो नि। क्षेत्राधिकार नाघ्ने, राजनीतिज्ञ,पुलिस, आर्मीका ठुला मान्छेको संरक्षणमा बसेर बर्षौ देखि आचारसंहिताको बलात्कार गर्ने पत्रीका चलाउने मान्छे कति वर्ष कति तिकड्म गरेर प्रेस काउन्सिलमा बसेको छ?पत्रकारिता क्षेत्रको अर्का लोकमान पालेर तपाईहरु बस्नुस।

लेख र समाचारमा राती फोकटमा धोकेको दारु अक्षर अक्षरमा गनाउने गरि पोख्ने फन्टुस राजु रिपोर्टर (अति आदरणीय बिजय कुमार सरको शब्द सापटी लिए) होइन म।थाहा छ मैले अलि मर्यदित हुनु पर्छ। तर प्रेस काउन्सिलमा बसेर तलाई पख भन्ने सङ लुरुक्क परेर म १,२,३ बस्दिन।मेरो जवाफ यस कारण ले अमर्यादित भयो। मेरो भाषा मेरो स्वभाव

हो,पत्रकारिताको उत्कृष्ट अभ्यास होइन।मेरो यो स्वभाव र भाषामा घमण्ड नदेख्नु होला, यो मेरो choice हो। हो अचेल अलि चडेको छु, यस्तै मान्छेहरुले र यस्तै परिस्थितिले बनाएको हो। मेरो कुरा छोडनुस ,मुल मुद्दामा जानुस सर हरु।प्रेस काउन्सिलको फ़ोहोर फाल्नुस, नसक्ने भए केही समय धैर्य गर्नुस् , तपाईंहरुले गर्न नसकेको काम एक पटक मलाई try गर्न दिनुस् ok छ ? सबै आ आफ्नो काममा लागौ न। कति फुर्सद यार यो पत्रकारितामा?

रबि लामिछानेका केहि दिन अगाडीक भिडियो हेरु तल हेर्नुहोस