नेपाल आइडल बाट चर्चामा आएकी सन्ध्या जोशीको नयाँ गीत मिर्मिरे सार्वजनिक (भिडियो सहित)

नेपाल आइडल सिजन वान बाट चर्चामा आएकी गायिका सन्ध्या जोशीले आफ्ना दर्शक श्रोताका लागि नयाँ गीत मिर्मिरे सार्वजनिक गरेका छन् । शुक्रबार आफ्नै आधिकारीक युट्युब च्यानल मार्फत तेस्रो कोशेली स्वरुप गीत लिएर आएका हुन् ।

नेपाल आइडलमा उत्कृष्ट नौ मा पुग्न सफल भएकी गायिका जोशीले यस अघि २ वटा गीत सार्वजनिक गरिसकेका छन् जुन दर्शक श्रोताहरुले मन पराएका छन् । आफ्ना गीतमा प्राय आफै देखिने सन्ध्या आफूलाई खासमा अभिनय गर्न भन्दा गाउन बढी सजिलो लाग्ने बताउछिन् । धेरै शुभचिन्तक र आफन्तहरुको अनुरोधले गर्दा अलि अलि रहर जागेर गीतमा अभिनय गर्ने गरेको उनी बताउछिन् ।

प्रशन्न घिमिरेको शब्द तथा मनोज थापा मगरको संगितमा रहेको गीतमा सन्ध्या स्वयम्को आवाज रहेको छ । गीतको भिडियोमा सन्ध्यासंगै भिजे तथा मोडल सुदित श्रेष्ठको अनस्क्रिन रोमान्स हेर्न सकिन्छ । पोखराका रमणीय स्थलहरुमा छायांकन गरिएको गीतको भिडियो निर्देशन मोडल सुदित श्रेष्ठ स्वयम्को रहेको छ भने
उज्वल जोशीको सिनेम्याटोग्राफी तथा सम्पादन रहेको छ ।