चलचित्र ग्रेट लभ बाट डेब्यु गर्दै नब नायक शाश्वत श्रेष्ठ

काठमाडौँ : नेपाली चलचित्र ग्रेट लभ मार्फत नेपालको पहिलो महिला चलचित्र निर्देशक तथा निर्देशक समाजकी अधक्ष्य सुचित्रा श्रेष्ठको छोरा नब नायक शाश्वत श्रेष्ठ चलचित्र क्षेत्रमा प्रवेश गरेका छन् l भर्खरै बन्दै गरेको चलचित्र ग्रेट लभ मार्फत उनि अब नेपाली रजतपटकमा देखा पर्ने भएका हुन l टिन एजर लभ अर्थात युवा अबस्थाको प्रेमलाइ पर्दा मार्फत देखाउन खोजिएको यस चलचित्रमा नब नायक शाश्वत श्रेष्ठको साथमा नब नायिका एलिजा ओलीलाइ देख्न सकिनेछ l

देउराली इन्टरनेशनल मिडिया प्रालिको ब्यानरमा बन्दै गरेको यस चलचित्रलाई निर्देशक सुचित्रा श्रेष्ठले निर्देशन गरेकी छिन भने छायाँकार ज्ञानु राइले छायांकन गरिरहेका छन् l
बालकलाकारको भूमिकामा समेत देखापरिसकेका नब नायक शाश्वत श्रेष्ठले सानै देखि चलचित्र क्षेत्रमा झुकाब राख्दै आएका थिए l आफ्नो रुचि तथा आमको साथ् सहयोगले हौसिएका शाश्वत हेर्दा पनि निकैनै आकर्षक तथा चकलेटी देखिन्छन l नेपाली सिने क्षेत्रमा आएका नब नायक शाश्वत भर्खरै मात्र प्लस टु अध्यन सकेर चलचित्र क्षेत्रमा प्रवेश गरेका हुन l

अभिनय, नृत्य र एक्सनमा पोख्त भएको कारणले गर्दानै चलचित्रमा राम्रो काम गर्ने लक्ष्य बोकेका छन l सानै देखि नायक बन्ने सपना बोकेका शाश्वत भविष्यमा नेपाली रंगिन संसार अर्थात सिने नगरीमा एक उज्वल नक्षत्रको रुपमा उदाउनेमा दुइमत छैन l नेपाली चलचित्र क्षेत्रमा फेरि चलचित्र ‘ग्रेट लभ ’बाट सम्भावना बोकेका एक नवनायक थपिएका छन् नब नायक शाश्वत श्रेष्ठ ।