बिचार गर्नुहोस् यसरी झुक्याउन सक्छन् केटीहरुले (भिडियो)

सडकको बीच भागमा एक केटी दुर्घटना जस्तो अवस्थामा देखिन्छ । वरीपरि सुनसान भाग छ, जंगलको बीचमा रहेको पीच रोडमा केटी देखेपछि केटाहरुले बाईक रोक्छन् । केटी हेर्छन् केटी बेहोस् जस्तो हुन्छे उनीहरुले केटीलार्ई बचाउन हरेक प्रयत्न गर्छन् । अन्त्यमा केटी लुटेरा हुन्छ्े । यो घटनाबाट उनीहरुले पाठ सिक्छन् । फेरी अर्को महिना यस्तै घटना देखा पर्छ । उनीहरु भाग्छन् तर घटना बास्तबिक दुर्घटनाको हुन्छ । प्रहरीले उनीहरुलाई पक्राउ गर्छ । यस्तै कथामा आधारीत एक छोटो फिल्म निर्माण गरिएको छ ।
सुबास अम्गाईको कथामा सुमिन गुरुङको निर्देशन रहेको छ । सागर आचार्यको छायंकन रहेको फिल्ममा सुमिन, सागर, प्रबिन, सलिना र अनुष्काको अभिनय रहेको छ ।