पुर्व मिस नेपाल सृष्टि श्रेष्ठका लागि नायक विनय श्रेष्ठले कान काटे (भिडियो सहित)

साउन ११ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘रोमियो एण्ड मुना’को ट्रेलर गरिएको छ । प्रोमोमा फिल्मका शिर्ष पात्र विनय श्रेष्ठ र सृष्टि श्रेष्ठको झगडा र प्रेमलाई महशुस गर्न सकिन्छ । प्रोमोको अन्तिममा मुनाको माया पाउँन रोमियोले आफ्नो कान काटेका छन् । ट्रेलर हेर्नुस् :

‘रोमियो एण्ड मुना’ लाई नरेश कुमार केसीले निर्देशन गरेका हुन् । यसअघि उनले ‘डाइङ क्यान्डल’ फिल्म निर्देशन गरेका थिए, जसले निकै राम्रो प्रशंसा पाएको थियो । निर्देशक केसीको दोश्रो फिल्ममा विनय र सृष्टिसँगै सुस्मा कार्की, सुरक्षा पन्त, प्रज्जवल सुजल गिरी लगायत कलाकाररुको अभिनय छ । प्रोमोमा सुस्मा टु पिसमा निकै बोल्ड रुपमा प्रस्तुत भएकी छन् भने सुरक्षा र प्रज्जवलको केही झलक मात्रै छ ।

फिल्म ‘रोमियो एण्ड मुना’ लाई प्रशन्नमान गोपाली, रोजी श्रेष्ठ, राम शर्मा र कविन शाक्य मिलेर बनाएका हुन् । निर्देशक केसीको पटकथा रहेको फिल्ममा निरोज महर्जनले केसीलाई संवाद लेख्न सघाएका छन् । विनय रेशम फिलिली र सृष्टि गाजलु पछि रोमियो एण्ड मुना मार्फत दर्शकमाझ आउन लागेका हुन् ।