बोल माया गीतमा बिद्यार्थीको अभिनय, सभाहलमै रुवाबासी मच्चायो (भिडियो )

बिद्यालयको बार्षिकोत्सवको अवसरमा हल खचाखच थियो । एक्कासी बोलमाया गीतको सम्बाद सुनियो । बिद्यार्थी र अभिभावकहरु यताउत्ति हेर्छन् । केही समयमा एक महिला रुदै बाहिर निस्कन्छिन् । बोलमाया गीतको संगीतले सभाहल नै सोकमग्न हुन्छ ।
पछिल्लो समय प्रकाश सपुतको गीत बोलमायाले निकै चर्चा पाएको छ । युटुयूबमा करिब ६० लाख पटक हेरिएको भिडियो निकै मार्मिक र मर्मस्पर्शी छ । यो भिडियोमा अन्जलीको भूमीकामा कक्षा १० की प्रतिमा लामिछानेले अभिनय गरेकी छन् । उनको अभिनय देखेर इश्वरी क्षेत्री र सूर्य न्यौपानेले पुरस्कार समेत दिएका थिए । उक्त पुस्कारको रकम बिद्यालयलाई नै सहयोग गरेको प्रतिमाले बताईन् । पोखरा लेखनाथ स्थित लक्ष्मी माध्यामिक बिद्यालयको ६० औं बार्षिकोत्सवका अवसरमा बिद्यार्थीहरुले बोलमाया गीतको अभिनय गरेका हुन् ।