छि ! छि ! घिनलाग्दो खेल लाईसेन्स कार्यालयमा, हाकिमले पत्रकार थर्काए, मन्त्रीले आश्वासन दिए (भिडियो)

तपाई कामले यातायात लाईसेन्स कार्यालय गण्डकी जाँदै हुनुहुन्छ भने कम्तीमा पनि तीन दिनको समय छुट्याएर जानुहोस् । यो भनिरहदा तपाईलाई विश्वास नलाग्ला तर यतार्थ यही हो ।
लाईसेन्स कार्यालयमा भएको अनियमतता भएको बारे प्रश्न सोध्दा कार्यालय प्रमुख तेजनारायण यादवले पत्रकार हेमराज अधिकारीलाई ठाडै चुनौती दिँदै बिहीबार र शुक्रबार कार्यालय आउन अनुरोध समेत गरेका थिए ।
अब हामी तपाईलाई लाईसेन्स सजिलै पाउने तरिका सिकाउँदै छौं । यहाँ हामीले देखाएका बिचौलियालाई राम्रो संग चिन्नु भयो भने लाईसेन्स लिनलाई कुनै आईतबार कुर्न पर्दैन । एक तराई मुलका मानिस फोनमा केही कुरा गर्दै थिए । सायद उनको राजश्व तिर्नुपर्ने हुनुपर्छ । केही समयपछि कार्यालयको माथिबाट एक मानिस आउँछन् । फोनमा कुरा गरिरहेका व्यक्तीले केही दिन्छन् उनी भित्र जान्छन् । उनी सिधै तल काम हुने फाँटमा छिर्छन् र राजश्व बुझाएको बिल लिएर आउँछन् । अब सोच्नुहोस् एउटा कर्मचारी बिचौलिय बनेर एउटा सेवाग्राहीको काम गर्नको लागी २० मिनेट भन्दा बढी खर्च गर्छ । त्यो कर्मचारीले कार्यालयको काम चाही के गर्छ ? त्यस्ता सेवाग्राही उसंग धेरै ठोकिन्छन् अब त्यो कर्मचारीले कार्यालयको काम चाही कति बेला गर्छ ?
एक जना भाई करिब २ घण्टा अघिदेखी कमल नाम गरेका कर्मचारी खाज्दै थिए । उनी भन्दै थिए कोठा नं. ५ मा बस्ने कमल सरलाई खोजेको उनी खाना खान गएछन् । यो कुरा जानकारी गराउँ कोठा नं. ५ प्रशासन शाखा हो । अब सोच्नस् त प्रशासन शाखाका मानिसले पनि बिचोलियको काम गर्दा रहेछन् । यी भाईले फेरी पोल खोले, मेरै घर तिरका दाई हुन्। घाम चर्को छ, लाईन बस्न पर्र्दैन म हेर्दिहाल्छु नि भनेका रहेछन् । कार्यालय भवनको भित्तामा आडेस लाउँदै फोन बाटै एक महिला भित्रकी महिलालाई काम गर्दिन भन्दै थिईन् । करिब ३ घण्टा यातायत लाईसेन्स कार्यालयमा बस्दा यस्तो सम्म देखियो की पोखराका बरिष्ठ मानिने पत्रकार, कर्मचारीहरु सिधै भित्र गएर काम सकाएर आए ।
अझ तपाईलाई लाउला यो त झन गाह्रो बिषय रहेछ । प्रहरी, कार्यालयका कर्मचारी, पोखराका बरिष्ठेहरु नचिन्नेहरुको लागी लाईन बस्न पर्छ बस्छु भनेर बस्नुहोला नबस्नुहोस् । यो कार्यालय जानु छ भने निर्धारित पैसा भन्दा तीनसय बढी खल्तीमा हाल्नुस् बिना लाईन बिना झन्झड काम बन्छ । पसल कार्यालयको अगाडी एउटा चिया खाजा पसल छ । यो पसलमा गएर रु तीनसय र तिनुपर्ने रकम सहित तपाईको आईडी नम्बर टिपेर दिनुहोस् काम ५ मिनेटमै हुन्छ । सुरुमा त हामीलाई पनि विश्वास लागेन कुनै एक साथीको आईडि लिएर गएको पसलकी दिदीले ३ मिनेटमै राजश्व तिरेको बिल लिएर आईन् । हेर्नुहोस् यो दृश्य । यसबारे प्रदेश नंं ४ का भैतिक पुर्वधार बिकास मन्त्री रामशरण बस्नेतलाई कुरा गर्दा यसका समाधान छिटै गर्ने आश्वासन दिए । अब हेर्नुहोस् सजिलो तरिकाबाट सवारी लाईसेन्स पाउने उपाय ।