प्रेम गीत ,प्रेम गीत २ जस्ता सफल चलचित्र निर्माता सन्तोष सेनको सुरु भयो चलचित्र मेरी मामु को शुभमुहर्त,भाद्र १५ मै प्रदर्शन गरिने

प्रेम गीत र प्रेम गीत २ जस्ता सफल चलचित्र निमार्ण गरेको ब्यानर आसुसेन फिल्मसले आफ्नो चौथो प्रस्तुती मेरी मामुको आज शुभमुहर्त गरेको छ । चलचित्र आगामी भाद्र १५ मै प्रदर्शन गरिने निर्माता सन्तोष सेनले बताएका छन ।
यम थापाको कथा तथा निर्देशन रहेको चलचित्र मेरी मामु मा निर्मता सेनका छ वर्षिय छोरा आयुव सेनको मुख्य भुमिका रहने छ
बाल मनोबिज्ञानमा पारिवारिक कथा बोकेको चलचित्रमा प्रेम गीत २ नायिका अश्लेशा ठकुरी, नायक सारुक ताम्राकार, नवनायिकाक कुसुम गुरुङ र दुर्गा मल्लको पनि मुख्य भुमिका रहने छ भने नेपालकी पहिली नायिका भुवन चन्द विशेष भुमिकामा रहने छिन ।
काठमाण्डुको जोरपाटी स्थित एक घरमा आज अग्रज अभिनेत्री भुवन चन्दको क्ल्याप र प्रेम गीत २ निर्देशक रामशरण पाठकको एक्सनबाट चलचित्रको शुभमुहर्त गरिएको छ ।कल्याण सिंहको संगीत रहने मेरी मामु लाई पुर्शोत्तम प्रधानले चलचित्र खिच्ने छन । पार्श्व संगीत एलिश कार्कीले भर्ने छन भने बनिश शह र भुपेन्द्र अधिकारीलेको सम्पादन रहने छ ।
रोचक कुरा चलचित्रमा मेसी नामको गोल्डेन रेटिभ जातको कुकुरको पनि अभियन रहने छ जुन प्रतिस्ठित माउन्ट एभरेट केनल क्लब मार्फत थाइल्याण्ड बाट नेपाल आइसकेको छ ।