यसकारण रोनाल्डोलार्ई गाह्रो छ (भिडियो सहित)

विश्वकप फूटवल अन्र्तगतको समुह चरणको सर्वाधिक चर्चाको खेल आज राती पौने १२ बजे हुँदैछ, पोर्चुगल भर्सेस स्पेन । यो खेल बिश्वकपको फाईनल जत्तिकै रोमान्चित हुने पक्का पक्की नै छ । यसलाई यस अर्थमा पनि महत्वपूर्ण ठानिएको छ, रियल म्याड्रिडका धेरैजसो साथीहरु बिपक्षी टीम स्पेनबाट खेल्दैछन् । यसलाई रियल म्याड्रिड भर्सेस रोनाल्डोको उपनामले पनि कतिपयले चर्चा गरेका छन् ।
बिपक्षी टीम (स्पेन)लाई रोनाल्डोका राम्रा र नराम्रा सबै पक्षको राम्रो ज्ञान छ । संगै रियल म्याड्रिडबाट खेलेका खेलाडीहरुले आज पोर्चुगलमाथी हावी हुने कोसिस गर्छन् । स्टार खेलाडीले भरिएको स्पेनको अगाडी पोर्चुगलमा स्टार खेलाडीको कमी देखीए पनि युरोकपको लयमा खेल्न सके स्पेनलाई जित्न सक्छ । सन २००८ को यूरोकप जितेको स्पेनले सन २०१० को बिश्वकप जित्यो त्यही लयमा पोर्चुगल पनि आउन चाहन्छ । सन २०१६ को यूरोकप जितेको पोर्चुगल अब विश्वकप जित्ने आशामा छ । रोनाल्डो एक्लैले पोर्चुगलको प्रतिनिधित्व गरेका छन् भन्दा खासै फरक नपर्ला । स्टार खेलाडीहरुले भरिभराउ रहेको स्पेनलाई पछार्न रोनाल्डोलाई सहज पक्कै छैन । अतितलाई हेर्ने हो भने स्पेन र पोर्चुगलले ३५ पटक आमुनेसामुने भएका छन् । जसमा १६ पटक स्पेन र ६ खेलमा पोर्चुगल विजयी भएको छ । १३ खेल बराबरीमा सकिएका छन् ।
दक्षिण अफ्रिकामा भएको विश्वकपमा पहिलो पटक यो टोलिको भेट भएको थियो जसमा स्पेन बिजयी भएको थियो । यस अर्थमा पनि स्पेन पोर्चुगललाई हराउनेमा उत्साही छ ।