पेलेको नाम निसाना मेटाउन आए चमत्कारिक खेलाडी नेयमार (भिडियोसहित)

ब्राजिलका सुपरस्टार फरवार्ड हुन्, नेइमार । विश्वमा फुटबलको पर्यावाची राष्ट्र बनेको ब्राजिलको सम्पूर्ण आशा र भरोसा यसपटकको विश्वकपमा यिनै २६ वर्षे खेलाडीमाथी छ ।तर के ब्राजिलको फुटबललाई पेले, रोमारियो, रोनाल्डो जस्ता खेलाडीले दिएको जस्तो योगदान निएमारले दिन सक्लान् ?जसरी अर्जेन्टिना अथावापोर्चुगलको टोलीएकजना सुपरस्टार खेलाडीको भरमा टिकेको छ, त्ष्सरी पक्कै पनि ब्राजिल निएमारको भरमामात्रै टिकेको छैन । त्यहि भएरपनि स्टारहरुले भरिएको टोलीमा फुटबल खेलेर निएमारलाइ यसपटकको विश्वकपमा राम्रो प्रदर्शन गर्न केहीहदसम्म सहज छ ।

विश्व फुटबलमा निएमार पोर्चुगलका क्रिष्टियानो रोनाल्डो र अर्जेन्टिनाका लियोनेल मेस्सी भन्दापनिमहंगा खेलाडी हुन् । स्पेनको बार्सिलोनाले उनलाइफ्रान्सको पीएसजी क्लबलाई किर्तिमानी २ सय मिलियन यूरो भन्दा बढी रकममा बेचेको थियो । तर पीएसजीमा पुगेपछि निएमारले अपेक्षित प्रर्दश नगर्न सकेनन् । यो सिजन निएमारले खासै राम्रो फुटबल खेल्न सकेनन् भन्दा फरक पर्दैन । त्यसैले पनिक्लब फुटबलमा यो वर्ष गर्न नसकेको प्रदर्शन उनी रुस विश्वकपमा ब्राजिलका लागिगर्न लालायित छन् ।

निएमार यस्तो वेला फुटबलमा उदाए जब विश्व फुटबलमा दुइ खेलाडीले राजगरि रहेकाथिए । रियल मड्रिडका क्रिष्यिानो रोनाल्डो र बार्सिलोनाका लियोनेल मेस्सिका अघि निएमार अहिलेसम्म छायामा छन् । यीदुइ खेलाडीको छायाबाट मुक्त हुन निएमारले स्पेनिस लालिगा सम्म छाडे । त्यसैले उनी मेस्सि र रोनाल्डोबाट टाढा हुन फ्रान्स पुगेका छन् ।

पछिल्लो एक दशक यता विश्व फुटबलमा उत्कृष्ट खेलाडी पालैपालो मेस्सि र रोनाल्डो चुनिदै आइरहेका छन् । यी दुइले उत्कृष्ट खेलाडीमा कायम गरेको सिण्डिकेट निएमारले तोड्ने आशा गरिएको थियो । तर बिडम्वना, अहिले सम्मत्यस्तो भएको छैन । २६ वर्ष पुग्दा सम्म विश्वको उत्कृष्ट खेलाडीको उपाधी जित्न नसक्नु निएमारका लागि सबैभन्दा ठूलो पीडा हो । मेस्सि २१ वर्षको उमेरमै पहिलो पटक विश्वको उत्कृष्ट खेलाडी चुनिएका थिए ।

यसपटक ब्राजिलले रुसमा आफ्ना यी सुपरस्टारबाट निकै ठूलो आशा राखेको छ । ब्राजिलको उदेश्य विश्वकप जित्ने मात्रहोइन, उत्कृष्ट फुटबल पस्कदै विश्वकप जित्ने हो । यस्तोमा टोलीलाइ निएमारको कला र कौशल आवश्यक पर्दछ । त्यसो त अघिल्लो विश्वकपमा ब्राजिलले जर्मनीको हातबाट भोगेको लज्जा र हिनताबाट पनि टोलीलाइ मुक्त गराउनु निएमारको जिम्मेवारी हो ।

फिफा विश्वकपको अघिल्लो सिजनमा निएमार क्वाटरफाइनलमै घाइते भएकाथिए । जुन खेलमाकोलम्बियालाई ब्राजिलले २—१ पराजित गरेको थियो । त्यसपछिको सेमिफाइनलमा जर्मनी सँग ब्राजिल७—१ को लज्जास्पदहार सँगै आफैंले आयोजना गरेको विश्वकपबाट बाहिरिएको थियो । यो खेलले विश्वभरका ब्राजिलका समर्थकलाइ नराम्रोसंग झस्काएको थियो ।

सन् २०१४ को त्यो प्रदर्शनलाई विर्षेर फेरी एक पटक विश्वकप उपाधि उचाली ब्रालियन टिमका समर्थकलाई सान्त्वना दिन यो वर्ष निएमारको भूमिका महत्वपूर्ण रहनेछ ।

फिफा कन्फेडेरेसन कप र ओलम्पिक स्वर्ण पदक विजेता खेलाडी निएमार आफ्नो दोस्रो विश्वकपमा सहभागीहुनलागेकाहुन् । उनले यो सिजन पीएसजीबाट खेलेका ३० खेलमा २८ गोल गरे । ड्रिबलिङ, पास र फिनिसिङतीनै कुरामा निएमारको शैली राम्रो छ ।

चोटका कारण गएको तीन महिना देखि मैदानबाहिर रहेका निएमारले मैदानफर्किएको पहिलो खेलमा नै आफू उत्कृष्ट रहेको सावित गरे । विश्वकप अघिको मैत्रीपूर्ण खेलमा उनले क्रोयसिया विरुद्ध निकै आकर्षक गोल गरेकाथिए ।

यसपटक ब्राजिल पहिलेको जस्तै डरलाग्दो टिमको रुपमा देखिएको छ । त्यसमा ब्राजिलियन फुटबलको पुरानो समय फर्काउन निएमार एक मुख्यपिलर हुन् ।

घाइते हुनुअघि उनी आफ्नो करिअरकै उच्चलयमा थिए । त्यही लयलाई निरन्तरता दिए ब्राजिललाई रोक्न यसपटक सहजहुने छैन । निएमार मैदानमा मात्रै होइन मैदानबाहिर पनि आफ्नो टिमका लागि हौसलाका पात्र हुन् ।

उनले राष्ट्रिय टोलीबाट सबै प्रतियोगितामा ब्राजिलका ८५ खेल खेल्दै ५५ गोल गरेका छन् । निएमार ब्राजिलका लागि तेस्रो सर्वाधिक गोलकर्ता पनि हुन् । उनी भन्दा बढी महान् खेलाडी पेले र रोनाल्डोले राष्ट्रिय टोलीबाट गोल गरेका छन् । ब्राजिलका लागि उनी जत्तिकै ५५ गोल रोमारियोले पनि गरेका छन् । उनले सन् २०१० मा ब्राजिलको राष्ट्रिय टोलीमा डेब्यू गरेकाथिए।

पेलेले निएमार ब्राजिलका लागि २१औं शताब्दीको सुपरस्टार फुटबल खेलाडी भनि घोषणा गरिदिएका छन् । पेलेले जस्तै निएमारले पनि ब्राजिललाइ विश्वकप दिलाउन सके यो भनाइले सार्थकता पाउनेछ ।