यी हुन् विश्वले मन पराएको विश्वकपका ५ सदाबहार राष्ट्र जुन कहिल्यै हार्न जानेन (भिडियोमा)

विश्वकप फुटबलमा केही राष्ट्र यस्ता छन्, जो प्रतियोगिता अघि उपाधी जित्ने सधैंका दाबेदार टोली हुन् । यी पाँच राष्ट्रले एक–आपसमा गरि १३ वटा विश्वकप जितिसकेका छन् । ब्राजिल, जर्मनी, अर्जेन्टिना, स्पेन र फ्रान्स विश्वकपमा बलियो राष्ट्र मात्र होइनन्, सुपरस्टार खेलाडीहरुले भरिएका टोली समेत हुन् । रुसमा दुइ सातापछि शुरु हुने विश्वकप फुटबलमा यी पाँच राष्ट्रमध्ये एकले पुन: कब्जा जमाए त्यो आश्चर्य मानिने छैन ।

विश्वभर ठूलो फ्यान फलोइङ पनि यिनै राष्ट्रका छन् । यूरोपका ठूला क्लबहरुमा पनि यिनै राष्ट्रका खेलाडीको आधिपत्य छ । नेपालमा पनि यी मुलुकका फ्यानहरु दशौं लाखको संख्यामा छन् । वर्षभरि क्लब फुटबलमा यी टोलीका स्टार खलाडीहरुको खेल हेरेर मोहित हुने फ्यानहरु अहिले विश्वकपमा राष्ट्रिय टोलीबाट यिनै खेलाडीको खेल हेर्न ब्यग्र प्रतिक्षामा छन् ।कस्तो छ त विश्वकमा यी टोलीको इतिहास र पछिल्लो समयको प्रदर्शन् ? भिडियोमा