लोक कलाकारको लागि फेरी अर्को पर्व!राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले गर्ने भयो एकल लोक गायन प्रतियोगिता

कमल सरगम-काठमाण्डौ/नेपाली लोक संगीतको जगेर्ना गर्ने हेतुले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले एकल लोक गायन प्रतियोगिता गर्ने भएको छ।अहि असार १४ र १५ गते राजधानीको जमल अबस्थित सास्कृतिक सस्थां (राष्ट्रिय नाचघर)मा भब्य लोक गायन प्रतियोगीता राख्ने घोषणा भएको हो।केहि समय अगाडी प्रतिष्ठानले प्रतक्ष्य दोहोरी प्रतियोगिता समेत सम्पन्न गरिसकेको छ।प्रतिष्ठानका अध्यक्ष लोकप्रिय गायक बद्री पंगेनीको नेतृत्वमा सम्पन्न हुने उक्त दोहोरी प्रतियोगितामा देशभरका प्रतियोगी कलाकारहरुको उपस्थिति रहने प्रचारप्रसार प्रमुख लोकदोहोरी गायक राजन गुरुङले जानकारी दिएका हुन।अग्रज देखि समकालीन कलाकारलाई एकै थलोमा अटाउने कोसिसले हुन लागेको उक्त प्रतियोगिताको जिल्ला,क्षेत्र र अंचल प्रतियोगीहरुको छनोट भने भैसकेको र केहि दिनमै सहभागी हुने जिल्लाहरुको नाम सार्बजनिक गर्ने प्रतिष्ठानले जानकारी दिएको हो।देशभरका ७ प्रदेशबाट छनोट हुने प्रतिष्पर्धी कलाकार ३५ जना रहने छन भने काठमाण्डौ उपत्यका समन्वय समितिका ९ समितिबाट ५/५ प्रतियोगी गरि उक्त प्रतियोगितामा छनोट गरिसकेको प्रतिष्ठानले जानकारी दिएको छ।केहि बैकल्पिक कलाकारलाई समेत उक्त प्रतियोगितामा समाबेस गरिने गायक गुरुङले जानकारी दिए।प्रतियोगिताको मुख्य प्रायोजक भने मेगा बैंक रहने छ।प्रथम पुरस्कारको रुपमा पृथ्बी थकालीले रु एक लाख प्रायोजन गर्ने घोषणा भैसकेको छ भने अन्य प्रायोजकहरु पनि बढिरहेको प्रतिष्ठानले जानकारी दिएको छ।उक्त कार्यक्रम हेर्न भने कुनै शुल्क नलाग्ने प्रतिष्ठानका कोषाध्यक्ष दिपक खड्काले बताए।
एकल लोक गायन प्रतियोगिताको अफिसियल प्रोमो हेर्न तल क्लिक गर्नुहोस