अशोकको सपना पुरा हुने भो, मलेशिया अनि दुबई | हेर्नुहोस भिडियो यस्तो आयो !!

काठमाडौँ। भाइरल ब्वाए अशोक दर्जी पुनः काठमाडौं आइपुगेका छन् । आज भोली दर्जीको दिनचर्चा फेरिएको छ। गीत ‘मन बिनाको धन ठुलो कि धन बिनाको मन’को अपार सफलतापछि बालगायक अशोक दर्जीको चर्चा चारै तिर छ। उनी अहिले देशका विभिन्न ठाउँमा स्टेज कार्यक्रममा व्यस्त हुन थालेका छन्।

झापामा घर बनाउँदै गरेका अशोक आफ्नो पासपोर्ट बनाउनका लागी काठमाडौं आएका हुन् । १० दिन अघि झापा पुगेका गायक तथा संगीतकार टंक बुढाथोकीसँगै अशोक झापाबाट काठमाडौं आएका हुन् । सम्पुर्ण कागजात मिलाइसकिएको र यही जुन १४ गते मलेशियामा जाने टंकले जानकारी दिए ।

टंक र अशोक कार्यक्रमका लागी केही समयपछि मलेसिया जाने तयारीमा छन् । बिभिन्न देशबाट अशोकको प्रस्तुतीका लागी कार्यक्रम आयोजकहरूले अफर गरिरहनुभएको टंकको भनाई छ । पछिल्लो समय अशोकले पढाईमा पनि ध्यान दिन थालेका छन्