पोखरामा प्रहरी र नेविसंघबीच झडप, गाेली र अश्रुग्याँस चल्याे, केही विद्यार्थी घाइते(भिडियोसहित )

पोखरा – पोखराको पृथ्वीनारायण क्याम्पस गेटमा नेपाल विद्यार्थी संघ र नेपाल प्रहरीबीच झडप भएको छ । मूल्य बृद्धिको विरोधमा मंगलबार साँझ नेविसंघले राँके जुलुस निकालेको हो ।

विद्यार्थीले प्रहरीबीच झडप हुन थालेपछि प्रहरीले एक राउन्ड गोलि पनि चलाएको छ भने केही १५ राउन्ड जति अस्रुग्याँस प्रहार गरेको छ । झडपमा केही विद्यार्थी घाइते भएका छन् ।

जुलुस निकाल्नु पहिले नै विद्यार्थीलाई क्याम्पस परिसरमा थुन्ने प्रयास भएपछि स्थिती तनाव ग्रस्त भएको नेविसंघ कास्कीका नेता समित केसीले जानकारी दिए ।

भिडियो

[youtube https://www.youtube.com/watch?v=pjPYGsZUACU]

विद्यार्थीले अहिले ‘वि वान्ट डेमोक्रेसी तथा मुल्यवृद्धी अन्त्य गर्’ भन्दै नाराबाजी गरिरहेका छन् । झडपका क्रममा ढुंगामुढा तथा अस्रुग्याँसबाट विद्यार्थी घाइते भएको वद्यार्थी नेता केसीले बताए ।
क्याम्पस परिसरमा जुलुस तथा सभा गर्न नपाइने नियम भएकाले आन्दोलित विद्यार्थी रोक्न अस्रुग्याँस प्रहार गर्नु परेको प्रहरीले बताएको छ । नेवि संघले मूल्य वृद्धिको विरोधमा देशैभरि जुलुस निकाल्नुका साथै प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दाेहन गरेकाे छ ।