पोखरामा प्रहरी र बिद्यार्थी बिच झडप, नबिना लामाको नाम लिँदै नेबिसंघका नेताले यस्तो भने (भिडियो)

सरकारले पेट्रोलियम पद्धार्थमा गरेको चरम मुल्यवृद्धिको विरोधमा प्रमुख प्रतिपक्षी दल काँग्रेस समर्थित विद्यार्थी संगठन नेवि संघले निकालेको मसाल जुलुसमा प्रहरीले अवरोध गरेको छ । प्रदेश नंं ४ कै सबैभन्दा ठूलो क्याम्पस पृथ्वीनारायण क्याम्पसको गेट परिसर बगरमा अहिले तनावको अवस्था छ । साढे ६ बजेतिरबाट प्रहरी र विद्यार्थीबीच झडप भएको छ । अहिले ढुंगामुढा चलिरहेको छ । राँके जुलुस निकाल्न नदिने आदेश भन्दै प्रहरीले राँका खोस्न थालेपछि झडप भएको हो ।
नेविसंघ विद्यार्थीहरुले मसाल बोकेर पिएन क्याम्पस गेट अगाडि सरकार विरुद्ध नारा लगाएका थिए । मूल्यवृद्धि फिर्ता गर, ओली सरकार मुर्दाबाद नारा घन्काएका थिए । प्रहरीले दुई राउण्ड अश्रुग्याँस प्रहार गरेको थियो भने एक राउण्ड हवाईफायर पनि गरेको थियो । झडपमा प्रहरी र विद्यार्थी दर्जभन्दा बढी घाईते छन् । अहिलेसम्म दुई प्रहरी घाईते भएका छन् । एउटाको नाकमा चोट लागेको छ भने अर्का सामान्य छन् । प्रहरीको उपस्थिति बाक्लो बनाईएको छ ।