यो बर्षकै पहिलो असारे गीत बाहिरियो!कलाकारले खेले म्यूजिक भिडियो (हेर्नुहोस)

कमल सरगम-काठमाण्डौ/नेपाली लोक दोहोरी क्षेत्रमा आफुलाई छुट्टै पहिचानबाट चिनाउन सफल गायक तथा सर्जक जय देबकोटाको असारे बिशेष गीत”बर्खा लागेछ”बजारमा आएको छ।सर्जक तथा गायक जय देबकोटा र सन्ध्या बुढाले आवाज दिएको उक्त गीतमा लय तथा शब्द पनि जय देबकोटाकै रहेको छ।स्टुडियो तरङ्गबाट बजारमा आएको उक्त गीतमा अभिनय भने रमा थपोलिया/अग्रज सर्जक तथा गायक इन्द्र जिसी लगाएतको रहेको छ।मदन खड्काको निर्देशन र करण चैसिरको छायांकनमा तयार भएको भिडियोको सम्पादन भने प्रविन भट्टले गरेका हुन।गीत आजसम्मकै सबै भन्दा फरक बनेको छ।लाइभ बाध्यबादक प्रयोग गरेर उक्त भिडियो निर्माण गरिएको हो।
भिडियोको सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ।