कारबाही नगर्न घरबेटीलाई प्रचण्डले गृहमन्त्रीलाई बोलाएरै आदेश दिए !

सांसदले स्थानीय विकास निर्माणदेखि जनताको दैनिक समस्याका विषयमा सरकारले ध्यान दिन नसकेको भन्दै त्यसतर्फ ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधिसभाको आइतबार बसेको बैठक शुरु भएलगत्तै विशेष समय लिँदै सांसद्हरुले सार्वजनिक चासोका विषयमा सरकारको ध्यानाकर्षण गराउँदै तत्काल समस्या समाधान गर्न आग्रह गरे। बैठकमा बोल्दै

सांसद प्रेम सुवालले वाग्मती र विष्णुमती क्षेत्रमा सार्वजनिक जग्गा हडपेको भन्दै त्यसतर्फ छानविन गर्न आग्रह गरे। उनले काम नगर्ने निर्माण व्यवसायीलाई कारवाही गर्न आग्रह गरे।

उनले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरबेटीलाई कारबाही नगर्न गृहमन्त्रीलाई बोलाएरै आदेश दिएको समाचार आएको भन्दै त्यस विषयमा सदनलाई जानकारी दिन आवश्यक रहेको बताए।