भावुक हुँदै विपनाले भनिन्ः बिहेपछि पिंजडामा परेँ , म नेपाली फिल्मको हिरोइन होइनँ

सुन्दर अभिनेत्री विपना थापा लामो समयपछि येतिबेला नेपाली मिडियाहरुमा छाइरहेकी छिन् । बिहेपछि भारतमा रहँदै आएकी विपना यतिबेला होलिडे टुर भन्दै माइती गाउँ नेपालमा छिन् ।

यो बीचमा विभिन्न मिडियामा अन्तर्वार्ता दिँदै पुरानो अनुभव पोखिरहेकी विपनाले पछिल्लो अन्तर्वार्तामा बिहेपछि आफु पिंजडामा परेको बताएकी छिन् । भावुक मुद्रामा विपनाले आफुलाई भारतिय संस्कार सिक्न गार्हो भएको, तथा त्यहाँको चलन अनुसार चल्नुपर्दा पिंजडाको सुगाजस्तो अनुभव भएको बताइन् ।

फरक प्रसङ्गमा विपनालाई पछिल्लो क्रमका चल्तिका स्टारहरुको नाम दिँदा उनले अनमोल केसी, प्रदिप खड्का र पल शाहलाई पहिलो रोजाइमा समेत राखिनन् । यस्तै दिवंगत अभिनेता श्रीकृष्ण श्रेष्ठलाई बारबार सम्झिँदा दीलिप रायमाझीलाई विपनाले चुमचुमे हिरोको संज्ञा दिएकी छिन् ।
थप भिडियोमा हेर्नुहोसः