पत्यार नलाग्ने दृश्य ओशो उपवन भित्र यस्तो देखियो (भिडियो)

११ डिसेम्बर १९३१ मा मध्यप्रदेशको कुचवाडामा जन्मिएका ओशोको वास्तविक नाम चन्द्रमोहन जैन थियो । बाल्यकालदेखि नै उनमा दर्शनशास्त्रप्रति विशेष रुचि पैदा भयो । यो कुरा उनले आफ्नो पुस्तक– ‘ग्लिप्सेन्स आफर्ड माई गोल्डन चाइल्डहुड’मा लेखेका छन् ।

उनले आफ्नो पढाइ जबलपुर विश्वविद्यालयबाट पूरा गरेर त्यहीँ प्रध्यापकका रुपमा काम गर्न थाले । त्यसपछि उनले विभिन्न धर्म र विचारधाराहरुमाथि प्रवचन दिन थाले । उनको व्यक्तित्व सबैलाई लोभ्याउने खालको थियो । त्यसैले उनले भटेका जति मानिस उनको प्रभावमा परि नै हाल्थे ।

प्रारम्भिक चरणमा उनलाई आचार्य रजनीशका रुपमा चिन्ने गरिन्थ्यो तर जागिर छोडेपछि उनले ‘नवसन्न्यास आन्दोलन’को थालनी गरी उनले आफूलाई ओशो भन्न थाले ।

देशभरी प्रवचन दिने क्रमसँगै उनले शिविर स्थापना गरी ‘ध्यान शिविर’को आयोजना गर्न थाले ।
अहिले ओशोले विभिन्न देशहरुमा ओशोका कार्यालयहरु स्थापना गरेका छन्। हामि पोखरामा अवस्थित ओशो उपवनमा पुगेका थियौं।

हेरौं ओशो उपवन भित्रका झलकहरु।

यो पनि :-

चर्चित र्‍यापर समिर घिसिङ ‘भिटेन’लाई माया गर्ने फ्यान मात्रै होइन, मन नपराउने र ‘हेट’ नै गर्ने पनि छन् । केही समय अगाडि उनले जापानमा कन्सर्ट गरेका थिए। उक्त कन्सर्टमा उनले आफ्नो टाउकोमा बोटलले हान्ने जस्ता प्रवृति गरेका थिए।

जापानको कन्सर्टमा ‘बबाल’ गरेयता भिटेनको मानसिक स्थितिलाई लिएर उनका फ्यान चिन्तित छन् । उनका फ्यानहरूले समेत उनको मानसिक स्थिति ठिक नभएको भन्दै उपचार गराउनको लागि सुझाएका थिए। भिटेनको दिमाग्मा अहिले के कुरा खेलिरहेको छ ? यो कुरा स्वम उनी आफै बाहेक अरु कसैलाई थाहा छैन ।

युवा पुस्तामाझ चर्चित भिटेनको आधिकारिक युट्युब च्यानल भिटेन म्युजिकबाट १३ दिन अगाडि सार्वजनिक गरिएको ‘आफ्नो बाटो’ बोलको गीत बाहेक मंगलबार रातिदेखि उनले अन्य गीत हटाएका छन्।

बुधबार दिउँसो भने आफूले हटाएका यी सबै गीत युट्युबमा पुनः राखेका छन् । यस्तै, उनले सामाजिक सञ्जालमा इन्स्टाग्रामबाट पनि दुई वटा पोस्ट बाहेक सबै तस्बिर हटाएका छन्। उनको फेसबुक पेज पनि निष्क्रिय रहेको छ ।

अश्लील र अभद्र गीत गाएको आरोपमा भिटेन समयसमयमा विवादमा आउने गरेका छन् । स्वच्छन्द शैलीका र्‍याप गाएर उनी बेलाबेला प्रहरी खोरमा समेत पुग्ने गरेका छन् ।

तर, उनले युवामा सकारात्मक ऊर्जा प्रवाह गर्ने कयौं सन्देशमूलक गीत पनि गाएका छन् । ‘बैनी…’, ‘लफंगा…’, ‘चुरोट…’, ‘हालखबर…’, ‘कथा…’, ‘मान्छे खत्तम…’ लगायत उनका सन्देशमुलक गीत हुन् ।