‘बाँचे भने देशको लागि केहि गर्नेछु।’ क्यान्सर पिडित १७ बर्षे युवक अनिल राई भन्छन्, हेर्नुहोस् भिडियो

भक्तपुर। खोटाङ् जिल्लामा जन्मिएका अनिल राईको परिवारमा चार दिदीबहिनी चार दाजुभाई र आमाबुबा गरेर १० जना सदस्य छन्। ८ जना सन्तान मध्य अनिल काइला छोरा हुन्। खोटाङ् जिल्लामा १० कक्षा सम्म पढाई सकेर उनी इमाडोल, ललितपुरमा पढ्न आएका थिए।

दिदि भिनाजु इमाडोल बस्ने भएकाले आफुलाई सहज हुन्छ भन्ने सोचाइका साथ अनिल दिदिसँगै बस्दै आएका छन्। उनी अहिले कक्षा १२ मा अध्ययनरत छन्। उनको जीवन आम मानिसक जस्तै बितिरहेको थियो। विद्यालय जाने, पढ्ने, साथीभाईसँग हासखेल गर्ने अनिलको जीवनमा एक्कासी कालो बादल मडारियो।

शुरुमा शरीरको अधिकाम्स भागमा रातो रातो जस्तो देखिन पछि अनिलले आफ्नो दिदिलाई भने। उपचार गराउने क्रममा उनलाई ब्लड क्यानसर भएको थाहा भयो। अहिले उनी बानेश्वोर, काठमाडौँ स्थित सिभिल सर्भिस हस्पिटलमा उपचाररत छन्। करिब २० दिन जति अस्पतालमा भर्ना भएर उनी बसिसकेका छन्। उपचार गर्नको लागि आर्थिक अवस्था कम्जोर भएकै कारण उनको उपचारमा ढिलाई भईरहेको छ।

अनिल राईको आमाबुबा खोटाङ् जिल्लामा कुटोकोदालो गरेर दुई छाक टार्छन्। आफ्नो आर्थिक अवस्था कमजोर भएकोले आफ्नो छोराको उपचार गर्न सकेनन् अनिलका आमाबुबाले। त्यसैले आफ्नो छोराको उपचार गर्न छोरी ज्वाईलाई सुम्पिदिए।

अनिलका भिनाजु केसर राई कुवेतमा बैदेशिक रोजगारीको लागि गएका थिए। आफ्नो सालो एक्कासी क्यान्सर पिडित भएको खबरले उनलाई दुखि बनायो। उनले नेपाल आउने निधो गरे। भाईको उपचार गर्न उनी नेपाल आए। आफुले कमाएको पैसा उनले भाई कै उपचारको लाग खर्चिए। अनिलको उपचारमा दैनिक पैसा खर्च हुने हुँदा पैसाको अभाव भएकोले गर्दा मैले छोराछोरीको स्कुल फि सम्म तिर्न सकेको छैन भन्दै गुनासो गरे केसरले।

अनिल भर्खर १७ वर्षको भए। भर्खरको उमेरमा यस्तो रोगले पिडित भएकोमा उनलाई बचाईदिन खोटाङ् जिल्लामा ‘अनिल राई बचाउ अभियान’ पनि थालिएको छ। उनको उपचारको लागि सहयोगी मनहरुको खाँचो छ।

विशाल हृदय पारेर आफुले सकेजति तपाईहामीले सहयोग गर्यौ भने पक्कै पनि अनिल राईको जीवन फेरी स्वस्थ हुनसक्छ। हाम्रो सानो सहयोगले कसैले नयाँ जीवन पाउछ भने हामी किन सहयोग नगर्ने। सके धेरै नसके थोरै भएपनि सहयोग गरीनु हुन् सबैलाई बिनम्र अनुरोध छ।

हामी आशा गर्दछौं कि तपाईंहरुको तर्फबाट सकेको सहयोग हुनेछ र यो न्युज शेयर गरेर सबैको माझ पुर्याइदिनु हुन पनि हार्दिक अनुरोध गर्दछौं ।

सहयोगको लागि सम्पर्क :

जीवन राई : ९८०८४१८६९८
कमला राई : ९८४१००१३०९
बबिन राई : ९८०८२२०१८३
संयोग राई : ९८४२९०५०६३
केसर राई : ९८२३७७८७५९

खाता नं. १४२००६७३२२१० (राष्ट्रिय वाणीज्य बैंक)