खतरा बन्दै फेवाताल, सुप्रिम मरेको महिना नपुग्दै प्याराग्लाईडिङ खस्यो (भिडियो)

हाबाहुरिका कारण आइतबार पोखरामा ५ वटा प्याराग्लाइडिङ खसेका छन् । पोखराको फेवातालमा २ वटा र डिहीकोपाटन नजिकैको डाँडामा ३ वटा प्याराग्लाइडिङ खसेको वडा प्रहरी कार्यालय बैदामका प्रहरी प्रमुख डीएसपी नविन कार्कीले जानकारी दिए ।
डीएसपी कार्कीका अनुसार दुर्घटनामा कुनै मानबिय क्षति भने हुन पाएन । हाबाहुरिका कारण फेवातालमा माउन्टेन फ्लायेर र पिस हिमालयनका २ वटा प्याराग्लाइडिङ खसेका हुन् ।
माउन्टेन फ्लायेरका पाइलट करण पहारी तथा प्यासेन्जर भारतीय नागरिक नारायण शर्मा र पिस हिमालयनका पाइलट सुरेस नेपाली तथा प्यासेन्जर चिनियाँ नागरिक यु हान हाबाहुरिका कारण तालमा खसेका डीएसपी कार्कीले जानकारी दिए ।
त्यसैगरी डिहीकोपाटन नजिकैको डाँडामा राजेन्द्र केसी लगायतका अन्य दुईजना सोलो पाइलट खसेको कार्कीले बताए । उनीहरुलाई स्थानीय जनता तथा प्रहरीको टोलीले उद्दार गरेको डीएसपी कार्कीले बताए ।पोखरामा एक्कासी हावाहुरी सहितको पानीपर्दा सराङकोटबाट उडेका प्याराग्लाइडिङ खसेका हुन् ।