स्मिङ पुलमा वल्डकप धमाका ! रोनाल्डो रेष्टमा छन् मेसीले जर्मनीबाट खेल्छन् (भिडियो)

वल्र्डकप २०१८ सुरु हुन केही दिनमात्र बाँकी छ । फूटबलका फ्यानहरु आफ्नो टीमको जर्सि लगाएर बजार घुम्न सुरु गरेका छन् । यतिमात्र होईन टिमको सर्मथनमा फ्यानहरुले टिर्सट प्रचारप्रसार समेत गर्न थालेका छन् । आफ्नो टिमले ट्रफि उचालेको कल्पना गर्नेहरुको भिड छ यतिबेला । यस्तै पोखराको चाउथेमा रहेको बिग स्प्लास मा पानीसंग रमाईरहको केही युवा युवतीहरुसंग वल्डकपको बारेमा हामीले जिज्ञासा राखेका थियौं । उनीहरु मध्ये केहीले खेलाडी र देशको नाम सहि भनेका थिए भने केहीले रानाल्डो रेष्ट (आराममा) छ उसले वल्डकप खेल्दैन र मेसीले जर्मनीबाट वल्डकप खेल्ने भएकाले जर्मनीको फ्यान भएको बताएका थिए । हेरौं ११ करोडको लगानीमा बनाईएको पोखराकै पहिलो वाटर पुल जहाँ यस्तो देखियो ।