पररास्ट्र र दूतावास बीच मुख हेराहेर अनाबस्यक

बिषय: पररास्ट्र र दूतावास बीच मुख हेराहेर अनाबस्यक

कान्तिपुरको वैशाख १, २०७५ को “बुद्धको जन्मथलोबारे भ्रमपूर्ण प्रचार” शिर्षकको समाचारमा श्रीलंकाको क्यान्डीस्थित भारतीय म्युजियममा बुद्धको जन्म भारतमा भएको भन्ने गलत सूचना राखिएको भन्ने बिषयमा गलत सूचना फैलिरहेको तथ्यबारे जानकार नेपाली राजदूत विश्वम्भर प्याकुरेलले केही महिनाअघि यसबारे परराष्ट्र मन्त्रालयलाई पत्राचार गरिसकेको बताउँदै गलत तथ्य सच्याउन परराष्ट्रले कूटनीतिक पहल गर्नुपर्ने उनको भनाइलाई प्रकाशित गरेको छ । समाचारमा परराष्ट्र मन्त्रालयका प्रवक्ता भरत पौड्यालले त्यस्तो भ्रमपूर्ण सूचना छ भने त्यसलाई सच्याउन कोलम्बोस्थित दूतावासले नै पहल गर्नुपर्ने बताएको र ‘यस्तै काममा त हो नि दूतावासले भूमिका देखाउने। कोलम्बोस्थित दूतावासले सम्बन्धित निकायमा पत्राचार गरेर यसलाई सच्याइहाल्नुपर्छ।’ भन्नु भएको भनी प्रकाशित गरेको समाचारमा अभियानको ध्यान आकृस्ट भएको छ ।

पूर्व मन्त्रीद्धय राजेन्द्र श्रेष्ठ र दीप कुमार उपाध्याय, डा आरजु देउवा, डा कबिताराम श्रेष्ठ लगायतका ब्यक्ति सहभागी भएको टिमले अभियानका विस्व संयोजक इन्जिनियर रामकुमार श्रेष्ठद्धारा हस्ताक्षरित ज्ञापन पत्र बुझाएको थियो तात्कालिन प्रधानमन्त्री माधवकुमार नेपाललाई ११ अगस्ट २०१० मा । उक्त ज्ञापन पत्रमा विभिन्न देशका पाठ्यपुस्तकमा भएका बुद्धको जन्मस्थल बारेमा गलत जानकारी राखिएकोले त्यस किसिमका दिग्भ्रम निस्तेज गर्न कुटनीतिक नियोगहरु मार्फत सम्बन्धित देशका सम्बन्धित निकायसँग कुराकानी गर्न अविलम्ब कदम चालियोस भनी आग्रह गरिएको छ ।

Digital StillCamera

३० डिसेम्बर २०१५ मा काठमाण्डौंमा अभियानको सातौं बार्षिकी मनाइएको कार्यक्रममा अमेरिकी रास्ट्रपति बाराक ओबामा, चिनिया रास्ट्रपति सी जिनपिङ, भारती प्रधानमन्त्री नरेन्द्र मोदी, जापानी प्रधानमन्त्री शिन्जो अबे, श्री लंकाका रास्ट्रपति मैथ्रिपाला सिरिसेना, थाइ प्रधानमन्त्री प्रायुत चान–ओ–चा र नेदरल्याण्डका प्रधानमन्त्री मार्क रुटलाई सम्बोधन गरी केही प्राबिधिक कारणले गर्दा ती देशका पाठ्य पुस्तकमा बुद्धको जन्मस्थल बिषयमा भएको गलत जानकारी ती देशको प्रजातन्त्रको सबलिकरणका खातिर सच्याइनु पर्ने आग्रह गरी छुट्टाछुट्टै तयार पारिएको छ: पेज लामो अनुसन्धानात्मक प्रतिबेदन कार्यक्रमका प्रमुख अतिथि पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचन्डलाई अभियानका तर्फबाट बिस्व संयोजक रामकुमार श्रेष्ठले हस्तान्तरण गर्नु भएपस्चात अभियानको प्रतिबेदनलाई आधार मानेर नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले सम्बन्धित देशलाइ पत्राचार गर्न गरेको निर्णयलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत ती सात देशमा पत्राचार गरेको छ ।

जनस्तरबाट सन्चालित विस्वब्यापी अभियानको पहलमा वुद्ध जन्मस्थल बिषयमा भएको गलत जानकारी गुगल र राष्ट्रिय र अन्तराष्ट्रिय महत्वका बुद्धिस्ट मन्दिरहरुले र स्वीडेनका पुस्तकहरुमा सच्याउने, ब्रिटिश म्युजियमले सच्याउने निर्णय गर्ने जस्ता महत्वपूर्ण काम भैसकेका छन ।

राष्ट्र संघको एउटा महत्वपूर्ण निकाय युनेस्कोले वुद्ध जन्मस्थल भएकै कारण नेपालको लुम्बिनीलाई १९९७ मा विस्व संपदा सूचिमा राख्ने निर्णय गर्‍यो भने पेरिसस्थित यस्को केन्दिय कार्यालय र अन्तराष्ट्रिय न्यायालय हेगमा वुद्ध नेपालमा जन्मनु भएको जानकारी सहित वुद्धको मूर्ति स्थापना गर्ने काम भैसकेको छ । लुम्बिनीको विकासको लागि तयार पारिएका दुबै गुरु योजनाहरु राष्ट्र संघ मार्फत नै तयार पारिएका हुन ।

जापान सरकारको आर्थिक सहयोगमा युनेस्कोद्धारा वुद्ध जन्मस्थल क्षेत्रमा गरिएको प्रो कनिङ्घामको नेतृत्वमा भैरहेको अत्याधुनिक अनुसन्धात्मक उत्खननले बुद्ध जन्म समयबारे नयाँ बैज्ञानिक तथ्य सार्वजनिक गरिसकेको छ र यस्लाई बिस्वकै ठूला अन्तराष्ट्रिय संचार माध्यमहरुले प्राथमिकतामा पारे भने न्यासनल जियोग्राफीले त डकुमेण्ट्री नै बनाइसकेको छ ।

अत: पुरातात्विक र ऐतिहासिक प्रमाणका आधारमा नेपालको लुम्बिनी नै वुद्धको जन्मस्थल हो भन्ने कुरामा शंका छैन र पनि केही प्राबिधिक कारणले गर्दा वुद्धको जन्मस्थल बिषयमा विस्वब्यापी दिग्भ्रम भने कायमै छ धेरै देशको पाठ्य पुस्तक, राष्ट्रिय र अन्तराष्ट्रिय महत्वका संग्राहलय, बुद्ध मन्दिर र पुस्तकहरुमा नै यसबारे गलत जानकारी राखिएका कारण ।

राष्ट्रियताको प्रश्नसंग सम्बन्धित मात्रै नभएर प्रजातन्त्रको सबलिकरण, मानब अधिकार हननको प्रतिरक्षा, वुद्धप्रतिको सही आदर जस्ता कारणले गर्दा पनि विस्वब्यापी रुपमा देखा परेको यो समस्या समाधानार्थ जनस्तरबाटै समाधान भैसकेका यस्ता समस्या समाधानको लागि पररास्ट्र र दूतावास मुख हेराहेर गर्नुभन्दा बरु यस किसिमका समस्याको लागि त कस्ले समाधान गर्ने भन्ने प्रतिस्पर्धा हुनु पर्ने देखिन्छ । र पनि मन्त्रालयलाई जानकारी दिंदै सम्बन्धित देशका कुटनीतिक नियोगले नै यस किसिमका समस्या समाधानार्थ पहल गर्नु उपयुक्त देखिने हुनाले यस्को समाधानार्थ ढिलाई नगरिदिन अभियान हार्दिक अनुरोध गर्दछ ।

रामकुमार श्रेष्ठ

लुम्बिनी-कपिलवस्तु दिवस अभियान बिस्व संयोजक
२ बैशाख, २०७५