गोदावरीमा एकिकृत शैक्षिक क्यालेण्डर लागू

गोदावरी, ललितपुर
नगरमा रहेका सम्पुर्ण बालबालिकालाई शिक्षाको सुनिश्चितता गर्दै गोदावरी नगरपालिका ललितपुरले नगरका सम्पुर्ण विद्यालय तहमा लागू हुने गरि एकिकृत शैक्षिक क्यालेण्डर बिहिवार एक कार्यक्रम विच सार्वजनिक गरेको छ ।
नगर प्रमुख गजेन्द्र महर्जन ज्यूबाट सार्वजनिक भएको एकिकृत शैक्षिक कार्यक्रम सहितको क्यालेण्डर नगर भित्रको सम्पुर्ण विद्यालयहरुमा (सामुदायिक तथा निजि दुबै किसिमका) एक साथ कार्यान्वयन हुनेछ ।

नगरस्तरिय बाल संरक्षण तथा संम्वद्र्धन समितिका सचिव तथा नवज्योती माविका प्रद्यानाध्यापक हरिहर लामिछानेले २०७५ साल चैत्र सम्ममा बालमैत्री नगर घोषणा गर्ने लक्ष्यलाई उक्त क्यालेण्डरले महत्वपुर्ण रुपमा सहयोगी भुमिका खेल्ने बताउनुभयो ।
क्यालेण्डर निर्माण समितिको अगुवाईमा निर्मित शैक्षिक क्यालेण्डरले नगरका सम्पुर्ण विद्यालयहरुमा बिदा, परीक्षा, अतिरिक्त क्रियाकलाप लगायत धेरै विषयमा एकरुपता आउने र गोदावरी नगरलाई शैक्षिक हवको रुपमा विकास गर्न मदत पुग्ने आशा नगर शिक्षा अधिकारी देवीलाल विष्टले ब्यक्त गर्नुभयो ।
सामाजिक विकास समिति तथा क्यालेण्डर निर्माण समितिका समेत संयोजक भाष्कर थापा कडा रुपमा प्रस्तुत हुँदै गोदावरी नगरपालिकालाई आगामी ५ बर्ष भित्र उत्कृष्ट शैक्षिक क्षेत्रको रुपमा विकास गर्न नगर शिक्षा परिषद बाट चाडै योजना निर्माण हुदै गरेको र नीति कार्यान्वयन बारे जानकारी गराउदै अब कुनै पनि विद्यालयहरु आफु खुसि मनोमानी ढंगले चल्न नपाउने समेत बताउनुभयो ।
नगर प्रमुख गजेन्द्र महर्जनले नगरलाई उत्कृष्ट शैक्षिक क्षेत्रको रुपमा विकास गर्री आवश्यक नीति तथा कार्यक्रमलाई निर्देशित गर्न गोदावरी नगरपालिकाको शिक्षा नियमावली यसै महिना भित्र कार्यान्वयनमा आउने जानकारी दिनुभयो ।