क्षेत्री समाज बेलायतले वार्षिक समर भेटघाट (गेट टुगेदर) गर्ने भएको छ !

जगन कार्की , बेलायत :
आगामी २८ जुलाई शनिबारका दिन क्षेत्री समाज बेलायतले वार्षिक समर भेटघाट (गेट टुगेदर) गर्ने भएको छ ।
समाजका अत्यधिक सदस्यहरुको सहभागीता रहने यो महत्वपूर्ण कार्यक्रम स्थानीय अल्डसर्टको कनेट स्कूलमा हुने समाजका महासचिव कुमार केसीले बताए ।

उपाध्यक्ष : यज्ञ क्षेत्री
समाजको उक्त कार्यक्रमको संयोजनको जिम्मेवारी उपाध्यक्ष यज्ञ क्षेत्रीलाई प्रदान गरिएको छ । समाजसंग प्रत्यक्ष अप्रत्यक्ष रुपमा जोडिएका बेलायातवासी क्षेत्री समुदायका अधिकाम्स सदस्यहरुको उपस्थिति रहने यो बृहद कार्यक्रममा खस क्षेत्रीहरुको संस्कृति झल्किने बिबिध संस्कृतिक कार्यक्रम , ख्यातीप्राप्त रास्ट्रीय कलाकारहरुको गायन तथा नृत्य साथै अन्य रोचक खेल तथा मनोरंजनले भरिएको यस कार्यक्रममा सबैलाई सहभागी भएर भरपुर मनोरंजन साथै सहयोग गरिदिनको लागी कार्यक्रम संयोजक क्षेत्रीले सबैमा बन्धुहरुमा बिषेश अनुरोध गरेकाछन ।

बेलायतमा बिभिन्न संघ-संस्थामा कृयाशिल सामाजिक अभियन्ता तथा समाजका सल्लाहकार रामशरण सिम्खडाले सामुहिक हित, परमपरा र संस्कृति जोगाउन समाजका नयाँ कार्यसमितिका पदाधिकारीहरुले लिएको कदमहरुको सराहना गर्दै बन्धुत्व , भाइचारा र सामुहिक हितको भावना जगाउन समर बार्षिक भेटघाटमा महत्वपूर्ण रहने विचार प्रकट गरे ।

बेलायतका लागी नेपाली राजदूतको प्रमुख आतिथ्यता रहने सो कार्यक्रममा नेपाली राष्ट्रीय क्रिकेट टोली लाई सम्मान गर्न आयोजकहरूसंह समय मिलाउने पहल समेत भै रहेको संयोजक क्षेत्रीले जानकारी दिए ।

बिगत केहि बर्ष देखी क्षेत्री समाज यूके बिभिन्न सामाजिक कृयाकलापमा संलग्न हुंदै आएको छ । मेरी क्षेत्रीको दुखद निधनमा सहयोग होस या कलाकार कलाकार दीपक क्षेत्रीको ज्यान बचाउने काममा, चाहे पप सम्राट ओम बिक्रम बिष्टको स्वास्थ उपचार होस या बाग्लुड्ग की शान्ती अधिकारिको दुबै मृगौला प्रत्यापरोपणमा सहयोग किन नहोस यस संस्थाले अग्रणी भूमिका निर्बाह गरि रहेको कुरा अध्यक्ष राजन कुमार क्षेत्रीले ब्यक्त गरे ।

स्मरण रहोस गत बर्ष जनवरी मा आयोजित आपत्कालिन राहतकोष संकलनार्थ आयोजित च्यरिटी भब्य र सभ्य कार्यक्रममा १६ लाख संकलन गरिएको थियो भने गत अप्रिलमा सम्पन्न छाैटौं अधिबेशन बेलायतमा कृयाशिल संघ संस्थाहरूको भन्दा नमूनायोग्य रहेको अधिकांश अतिथी तथा सहभागीहरू बताउंछन ।