गृहमन्त्री रामबहादुर थापालाई निर्माण व्यवासायीहरुको यस्तो चेतावनी (भिडियो)

नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी संघले निर्माण व्यवसायीहरुलाई त्रसित बनाएर विकासका कामहरु समयमा सम्पन्न नहुने स्पष्ट पारेको छ । संघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दे विकास निर्माणका योजनाहरुको लागि एक वर्ष समय थप गर्न पनि सरकारसमक्ष माग गरेको छ । पत्रकार सम्मेलनमा संघका अध्यक्ष हुम नाथ कोइरालाले गृहमन्त्रीले निर्माण व्यवसायीलाई थर्काउने काम गरेको भन्दै अध्यक्ष कोइरालाले सरकारले नै समयमा भुक्तानी नदिएको कारण निर्माणका कामहरु समयमै पूरा गर्न नसकिएको स्पष्ट पार्नुभयो । उहाले सार्वजनिक निर्माण कार्यहरु समयमा सम्पन्न गराउन ‘सार्वजनिक खरिद ऐन–२०६३’ तथा ‘सार्वजनिक खरिद नियमावली २०६४’ विद्यमान रहेको अवस्थामा गृह मन्त्रालयले आनावस्यक हस्तक्षेप गरि ऐन तथा नियम विपरित निर्माण ब्यवसायीहरुलाई पक्रने र थुन्ने कार्यले सम्पूर्ण निर्माण ब्यवसायीहरुलाई त्रसित र आतंकित बनाएको गुनासो गर्नुभयो । उहाले निर्माण व्यवसायीभित्र कुनै सिण्डिकेट नरहेको भन्दै गृहमन्त्रीले झुटो आरापे लगाएको दाबी गर्नुभयो ।