सधै छाडा गीतमा देखिने ज्योतिको एक्कासी पहिरान बदलियो !बाहिरियो अचम्मकै भिडियो (हेर्नुहोस)

कमल सरगम-हट भिडियोबाट बेला बेलामा बिबादमा आउने मोडल तथा गायिका ज्योति मगरले अभिनय गरेको नया भिडियो सार्बजनिक भएको छ।प्रतिभासाली गायिका मेनुका राई र रुप कुमार राईको संयुक्त प्रस्तुति “नौ लाई सुन्ना नब्बे”बजारमा आएको छ।निकै आसलाग्दो बनेर आएको गीतमा ज्योति सुध्रेकी छिन।
सधै हट भिडियोमा देखिने ज्योति यो बेला मौलिक पहिरनमा देखिदा दर्शक चकित पर्नु स्वाभाविक हो तर ज्योतिले फेरी कता कता मौलिकतालाई बचाउन खोजेकी हुन कि भन्ने पनि देखिन्छ त्यसो त् गायिका मेनुका राई सधै आफ्नो मौलिकतालाई बढी ध्यान दिएर गीत संगीतलाई बजारमा ल्याउने गर्छिन त्यसैले पनि उनले गरेको यो गीतले संगीतलाइनै तहल्का पिट्नेमा कुनै दुई मत छैन।विन्ध्यवासिनी म्यूजिक प्रालिले बजारमा ल्याएको उक्त गीतमा लय तथा शब्द डी आर अटुको रहेको छ।ज्योति मगरलाई साथ् भने पछिल्लो समय चर्चामा रहेका मोडल काजिश श्रेष्ठले दिएका छन।काजिश श्रेष्ठकै निर्देशन रहेको भिडियोमा छायांकन भने अजय रेग्मीले गरेका हुन।
दिपक बिष्टको सम्पादनमा तयार भएको भिडियो विन्ध्यवासिनीकै युटुब च्यानलबाट सार्बजनिक गरिएको छ। गीत कस्तो बन्यो भन्ने प्रश्नमा विन्ध्यवासिनीका संचालक सुबास रेग्मी ले भने
“धेरै पछि विन्ध्यवासिनीले एउटा मौलिक सृजना पाएको छ यो सृजना आम दर्शक श्रोताकै सृजना भनेर सुन्नु हुने छ,गीतको कुनै पनि पाटो हामीले औला उठाउने ठाउँ राखेको छैनौ”।
हेरौ गीतले कस्तो बजार पाउछ त्यो त् भोलिकै दिनमा थाह हुने छ तर गीत निकै उत्कृष्ट बनेको भने पक्कै छ।भिडियो हेर्न तल क्लिक गर्नुहोस