अहिले चर्चित युट्युब गायक स्वपन सुमन आफ्नै संसारमा (भिडियो)

स्कटनेपाल युके,

युट्युबले स्टारहरू जन्माइरहेको छ । यो नहुँदो त स्वप्न सुमन यतिविघ्न प्रख्यात नहुन पनि सक्थे । अथवा, उनले यत्तिका ख्याति कमाउन अझै कुर्नुपथ्र्यो । तर, यो अब हाइपोथेटिकल कुरा भइसक्यो । उनी युट्युब स्टार बनिसकेका छन् । सन् २०१२ देखि सुमन थापा अर्थात् स्वप्न सुमन युट्युबको स्वप्निल दुनियाँमा छाइरहेका छन् । युट्युबले नै उनलाई वास्तविक दुनियाँमा पनि व्यस्त बनाइदिएको छ । कार्यक्रमका लागि विभिन्न ठाउँ पुग्छन् । उनले हालै विराटनगर, पोखरा, चितवनलगायत मोफसलका सहरमा प्रस्तुति दिए ।काठमाडौंमा जन्मे–हुर्केका सुमन कभर सङ गाएपछि हिट भएका हुन् । उनी सुरुमा होम भिडियोहरू पोस्ट गरिरहन्थे । पछि कर्मा रेकर्ड्ससँग सहकार्य गरी उनले कभर गीतको भिडियो युट्युबमा राख्न थाले । ‘सुन, भनन…’, ‘उकाली चढौंला…’, ‘सानु म…’ जस्ता गीत गाए । च्यानल आर्बिटरीसँग आबद्ध भएपछि ‘मोहनी लाग्ला है…’, ‘छिटको गुन्यु…’, ‘ए कान्छा ठट्टैमा यो…’ जस्ता गीत गाएका छन् । सुमनले अहिलेसम्म आधा दर्जनजतिओरिजिनल सङ पनि रिलिज गरेका छन् । सन् २०१४ मा पहिलो अफिसियल गीत ‘के साह्रो राम्री भाको…’ युट्युबमा राखेका थिए ।