कबिता र चुमानलाई फेसबुकको यादले यतिसम्म गराएपछी .. (भिडियो सहित)

स्कट नेपाल- मन्जरी डिजिटल रेकर्डिङ प्रालिको प्रस्तुतिमा कबिता घिमिरेको फेसबुकको यादले सतायो बोलको गीत सार्वजनिक भएको छ ।

पछिल्लो समय युवा पुस्ताहरुको फेसबुक प्रतिको आकर्षणलाई गीतको माध्यम मार्फत निकै मिठो गीत शैलीमा प्रस्तुत गरीएको छ । बिशेष गरेर स्कुल कलेजका बिद्यार्थीलाई लक्षित् गरेर यो गीत तयार पारीएको छ ।

मन्जरी डिजिटल रेकर्डिङ प्रालिमा रेकर्ड गरीएको गीतमा आवाज कबिता घिमिरे र चुमान काउछा मगरको रहेको छ । सरोज श्रेष्ठको शब्द सृजनामा तयार भएको गीतमा संगीत पनि चुमान काउछा मगरकै रहेको छ ।

उत्पादक तथा वितरक मन्जरी डिजिटल रेकर्डिङ प्रालि रहेको “फेसबुकको यादले सतायो” गीतलाई मन्जरी रेकर्डिङकै अफिसियल यु ट्युव च्यानल मार्फत सार्वजनिक गरीएको छ ।

हेर्नुहोस सो गीतको म्युजिक भिडियो