पत्याउनुहुन्छ ? रोनाल्डो अर्जेन्टिना र मेस्सी पोर्चुगलबाट खेल्छन्, यस्ता भेटिए फुटबलका मुर्ख फ्यान (भिडियो)

विश्वकप फुटबल आउन अब ६ दिन बाँकी छ । यति बेला सबैको ध्यान रसियामा हुने विश्वकपतिर छ । २०१४ मा ब्राजिलमा भएको बिश्वकपमा अर्जेन्टिना उपबिजेता बन्दा धेरै नेपाली फ्यानहरु दुखी भएका थिए । मेसी, नेमार र रोनाल्डोको राम्रो फ्यान छन् नेपालमा । झन पर्यटकीय र खेलकुदको राजधानी भनिने पोखरा पनि यतिबेला फुटबलमय बनेको छ । आफ्नो समर्थक देशको टिसर्ट लगाएर हिड्नेहरु देखिन थालेका छन् ।
बिहीबार हामीले पोखराको लेकसाईडमा एक सर्वेक्षण गरेका थियौं । यो पटकको बिश्वकप फुटबल कस्ले जित्ला भनेर । अधिकाँशले ब्राजिल र अर्जेन्टिनाको नाम लिए केहीले पोर्चुगल र जर्मनीको पनि नाम लिए । यति मात्र होईन कोही यस्ता पनि देखीएकी फुटबलका खेलाडी चिन्ने, फ्यान हुने तर देशको नाम अर्कै भनेर बुझ्ने । कतिपयले मेस्सी पोर्चुगलका हुन् म मेस्सीको फ्यान भएकाले विश्वकप पोर्चुगलले जित्छ समेत भने कोहीले अर्जेन्टिनाले जित्छ किनकी त्यहा रोनाल्डो छन् समेत भने । हेरौं यो पटकको विश्वकप फुटबल कस्ले जित्ला र के होला भन्ने बिषयमा गरिएको पब्लिक रिभ्यू ।