म्याच फिक्सिङको नाममा यसरी फसाईयो खेलाडीलाई, सर्वेन्द्रकै अनुसन्धान, उनकै कार्यकालमा सफाई (भिडियो)

२०७२ असोज महिनामा नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान सागर थापा, विकाससिंह क्षेत्री, रितेश थापा र सन्दिप राई र अञ्जन केसीलाई ‘म्याच फिक्सिङ’ (रकम लिएर खेलमा मिलोमतो) गरेको आरोपमा पक्राउ गरिएको थियो । आज करिब ३० महिनापछि बिेशष अदालतले उनीहरुलाई सफाई दिएको छ ।
यो घटनामा एउटा संयोग जुरेको छ । अहिलेका प्रहरी महानिरिक्षक रहेका सर्वेन्द खनाल त्यो बेला अपराध अनुसन्धान महाशाकाका प्रमुख थिए । खनालकै नेतृत्वमा सागर थापा सहितका खेलाडीहरुको म्याच फिक्सीङ काण्ड बाहिर आएको थियो, यसको जस गज्जबले खनालले पाए । सुरुवात देखीनै कार्यसम्पादन मुल्याङ्कनमा प्रथम बनेका रमेश खरेललाई यो काण्डले पछि पारे खनालले । खनालको यो म्याच फिक्सीङको खोज अनुसन्धानले खरेल भन्दा अगाडी आउन सहयोग गर्यो । उनी एक नम्बरमा पर्दै डिआईजीमा बढुवा भए भने रमेश खरेल दोस्रो भए । आईजिपी नियुक्तमा कार्य सम्पादनको मुल्याङ्कन गर्ने बेला भएको छैन भन्दै पहिलेकै नतिजाको आधारमा आईजिपी बनाईयो जसको कारण रमेश खरेल प्रहरी प्रहरी संगठनको रिङबाटै आउट भए ।
नेपाली राजनीतिमा यो एउटा संयोग भएको छ, जुन कामका कारण प्रहरी महानिरिक्षक बन्न सफल भए सर्वेन्द खनाल त्यही आफ्नो कार्यकालमै उक्त घटनाका दोषिहरुले सफाई पाएका छन् । सागर थापा सहितका जो म्याच फिक्सीङ काण्डमा मुछिएर करिब ३० महिना यो केशमा बिताए उनीहरुले सफाई पाए त्यही घटनाको अंकले अहिले सर्वेन्द्र खनाल महानिरिक्षक छन् । २०७२ साल असोजमा मा विभिन्न प्रतियोगितामा ‘म्याच फिक्सिङ’ गरेको आरोपमा पक्राउ परेका चार फुटबल खेलाडी र एक प्रशिक्षकलाई अदालत उपस्थिल गराईएको थियो । सागर थापा लगायतका टीमहरुमाथी इराक, फिलिपिन्स, अफगानिस्तान, कुवेतलगायत राष्ट्रमा भएका प्रतियोगितामा मिलेमतोमा खेल खेलेको आरोप थियो । ‘होम एन्ड अवे’को आधारमा सन् २०११ मा भएको विश्वकप छनोटमा नेपालले जोर्डनसँगको अवे गेममा ९–० को लज्जास्पद हार व्यहोरेको थियो । तर घरेलु मैदान (काठमाडौँ) मा भएको खेलमा भने नेपालले जोर्डनसँग १–१ गोलको बराबरी नतिजा निकालेको थियो ।