प्रेम र गीत को मायाको कथा पछि छोरा र मामुको मायाको कथामा ‘मेरी मामु’

नेपालको चर्चित ब्यानर आसुेन फिल्मसका निर्माता सन्तोष सेनको चौथो चलचित्रको नाम मेरी मामु जुराइएको छ । यस अघि चलचित्र चंखे,शंखे,पंखे, प्रेमगीत र प्रेम गीत २ जस्ता सफल चलचित्र निमार्ण गरेका सेन चलचित्र प्रेम गीत २ मा आफै अभिनय गरेर अझ बढी चर्चामा छन् ।
चलचित्र प्रेम गीत २ को आशातीत सफलता संगै निर्माता सेनले कुन चलचित्र बनाउने भन्ने आम दर्शक तथा नेपाली चलचित्र उधोगका पण्डितहरुलाई कौतुहलता र अडकल बाजीको बिषय बनिरहेको बेला केही हप्ता अघि उनले बाल मनो बिज्ञानमा आधारित रहेर आफ्नै ६ वर्षे छोरा आयुव सेन लाई चलचित्रमा डेब्यू गर्ने समचार भाइरल भएको थियो भने आज उनको चलचित्रको शीर्षक पनि बाहिरिएको छ । मलमास सकिए लगत्तै छायांकनमा जाने चलचित्रले एउटा बालकको कथा बोक्ने छ जुन नेपालमा बाल कलाकार प्रयोग गरेर बनाइने नियमित चलचित्ररु भन्दा निकै भिन्न रहने निमार्ण पक्षको कुनै एक दस्यलले दाबी गरेका छन् । उनका अनुसार यस चलचित्रले आमा र छोराको संवन्धलाई विश्वब्यापी तार्किक परिभाषा दिनेछ जुन चलचित्र हेरेर विश्वभरका आमा र बच्चाहरुले आफ्नो बर्तमान महशुस गर्नेछन् भने अन्यले आफ्नो बालापन र आमा रहदाको क्षणलाई पुनर्ताजगी गर्नेछन् ।
यसबारे निर्माता सेन संग बुझ्न खोज्दा उनले चलचित्रको सबै टिम र नामको केही दिन पछि पत्रकार सम्मेलन गरेर आधिकारिक घोषणा गरिने जानकारी गराए ।