चलचित्र ‘यो पागल मन’ को ट्रेलर सार्बजनिक (भिडियो सहित)

स्कट नेपाल- चलचित्र ‘यो पागल मन’ को ट्रेलर सार्बजनिक गरिएको छ । मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको ट्रेलर सार्बजनिक गरिएको हो ।

असार २९ गते सार्बजनिक प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘यो पागल मन’लाई कल्याण अधिकारी निर्देसन गरेका छन् भने बिरेन्द्र कुमार यादब र कल्याणले मिलेर निर्माण गरेका हुन् ।
लब स्टोरी जनरामा बनेको चलचित्रमा बिनोद न्यौपाने,रिचा सिंह ठकुरी,गौरी मल्ल,राजेश ढुंगाना,मनिष भण्डारी,बिशाल श्रेष्ठ,एनी कुँवर लगाएतको अभिनय रहेको छ । अर्जुन पोखरेलको संगीत रहेको चलचित्र लाइ शम्भु सापकोटाले खिचेका हुन् ।

अनिल गौतमको सम्पादन रहेको चलचित्रमा भोमन कटुवालको मुख्य सहायक निर्देशन रहेको छ । कमल राइको कोरियोग्राफी रहेको चलचित्रमा द्वन्द निर्देशन राजु किरांतको रहेको छ भने सामिप्यराज तिमल्सिनाको पटकथा सम्बाद रहेको छ ।\

हेर्नुहोस यसरी भयो टेलर रिलिज

Leave a Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.