शिखर गजरकोटेले आरुसी मगरलाई चुल्ठो बाटी हाल भनेपछि (भिडियो सहित हेर्नुहोस )

काठमाडौं । शिखर गजरकोटे पछिल्लो पुस्तामा चिनिएका गीतकारमा पर्छन् । उनले समयवोधको ख्याल गर्दै भित्रि भावबाट लेखेका पानी मीठो यारी खोलाको, पुर्बेली कान्छी, यो माया बैगुनी, पिरतिको साईनो तथा बार लाउ है मायाले आम श्रोताले मन पराएका शब्द हुन् ।

एक सफल सञ्चारकर्मीको परिचय समेत स्थापित गर्न सफल शिखर गजरकोटे यसपाली भने हाल चलेकी मोडल आरुषी मगरको चुल्ठोमा लोभिएका छन् । आरुसी मगरको चुल्ठो प्रतिको यस्तो लोभ उनैको शब्दमा पछिल्लो पटक सार्वजनिक भएको गीत “चुल्ठो”मा देखिएको हो । यस गीतको भिडियोमा गीतकार चथा सञ्चारकर्मी शिखर गजरकोटे आरुसी मगरको साथमा अभिनयमा समेत देखिएका छन् भने उनले मगरलाई चुल्ठो बाट्न आग्रह गरेका छन् ।

गीत संगीत उत्पादनको निरन्तरतामा आफ्नो छुट्टै परिचय स्थापित गरेर आम सर्जक तथा श्रष्टाको मन जित्न सफल पुर्वेली जुनतारा म्युजिक प्रा.लि.को प्रस्तुति रहेको यस गीतमा गायक तथा संगीतकार प्रियजन राईले लय दिएका छन् भने चर्चित गायक कृष्ण भक्त राईले स्वर दिएका छन् । प्रियजन राईकै निर्देशनमा जनकराज अधिकारीले छायाँकन गरेको भिडियोलाई मनिष कार्कीले सम्पादन गरेका छन् ।

बाँकी यो भिडियो लिंकमा क्लिक गरेर हेर्नुहोस् :