अशोक दर्जी बोल्न थाले अंग्रेजी फरर, घर बनाउन शुरु गरेर पासपोर्ट बनाउन आए काठमाडौं (भिडियो सहित)

जेठ २१, काठमाडौं । भाइरल ब्वाए अशोक दर्जी पुनः काठमाडौं आइपुगेका छन् । झापामा घर बनाउँदै गरेका अशोक आफ्नो पासपोर्ट बनाउनका लागी काठमाडौं आएका हुन् । १० दिन अघि झापा पुगेका गायक तथा संगीतकार टंक बुढाथोकीसँगै अशोक झापाबाट काठमाडौं आएका हुन् । सम्पुर्ण कागजात मिलाइसकिएको र अबको केहिदिनभित्रमा अशोकका पासपोर्ट बन्न टंकले जानकारी दिए ।

टंक र अशोक कार्यक्रमका लागी केहि समय पछि मलेसिया जाने तयारीमा छन् । बिभिन्न देशबाट अशोकको प्रस्तुतीका लागी कार्यक्रम आयोजकहरुले अफर गरिरहनुभएको टंकको भनाई छ । पछिल्लो समय अशोकले पढाईमा पनि ध्यान दिन थालेकाछन् । शुरुमा अंग्रेजीमा आफ्नो नाम समेत भन्न नजान्ने अशोकले केहि कुरा अं्रगेजीमै गरेका छन् । जुन तलको भिडियोमा हेर्नसक्नुहुन्छ ।