नेपाली काँग्रेस यूवा नेता दिनेश राईको आतिथ्यमा मकाउमा अन्तरकृया कार्यक्रम सम्पन्न।

कर्ण अधिकारी मकाउ,चीन।

नेपाली जनसम्पर्क समिति मकाउले आयोजना गरेको भेटघाट तथा अन्तरकृया कार्यक्रम सुमधुर माहौलमा मकाउ स्थित बिजीकरी रेष्टुरेन्टमा सम्पन्न भएको छ।उक्त कार्यक्रममा नेपाली काँग्रेसका यूवा नेता,महासमिति सदस्य एवं तरूण दल पूर्व केन्द्रिय सदस्य दिनेश राईको प्रमुख आतिथ्यमा अतिथिहरू गैर आबासीय नेपाली संघ अन्त राष्ट्रिय समन्वय परीषद् आर्थिक स्थायीत्व समिति एशिया प्यासेफिकका सह अध्यक्ष एवं नेपाली जनसम्पर्क समिति मकाउका संस्थापक सभापति अम्बिर जोशी,मकाउ चेम्बर अफ कमर्सका अध्यक्ष एवं नेपाली जनसम्पर्क समिति मकाउका पूर्व सभापति शुदर्शन थापा मगर,पश्चेमेली समाजका अध्यक्ष एवं जन प्रगतिशील मञ्चका बरीष्ठ उपाध्यक्ष पदम सिंह पन्त,किराँत यायोख्या हंगकंगका महासचिव एवं काँग्रेसका यूवा नेता बज्र थुलुङ राई,नेपाली जनसम्पर्क समिति मकाउका उपसभापति चण्डी योङ्या,गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परीषद् मकाउका सचिव रामचन्द्र घिमिरे,किराँत राई यायोख्या मकाउका उपाध्यक्ष राकेश राई,बद्रर हुड एशोशियसन अफ मकाउ,नेपालका उपाध्यक्ष एवं नेपाली जनसम्पर्क समिति मकाउका सल्लाहकार हेम तामाङ हुनु हुन्थ्यो।

कार्यक्रममा प्राय सबै अतिथिहरूले काँग्रेसलाई कसरी मजबुद बनाएर अगाडी लैजान सकिन्छ र जनसम्पर्क समितिले कस्तो रणनिति अपनाउनु पर्छ भन्ने बिषयमा चर्चा परीचर्चा गर्नु भयो।अतिथि अम्बिर जोशीले नेपाली काँग्रेसलाई समृद्धिको बाटो मा लान युवा पलायन रोक्ने,समृद्धिको बाटोमा लैजान नेपाली काँग्रेसले स्पष्ट खाका ल्याउनु पर्ने,पाटीलाई र कार्यकर्तालाई हार हैन जितको मानसिकता दिन पाटी नेतृत्व ले सक्नु पर्ने कुरा ब्यक्त गर्नु भयो त्यसै गरी नेपाली काँग्रेसको बर्तमान अबस्था र भाबी रणनितिको बारेमा सन्देश लिएर बिदेशी भूमिमा कार्यरत रहेका काँग्रेसीहरूलाई सन्देश दिदै हिडेका प्रमुख अतिथि यूवा नेता दिनेश राईले मन्तब्यको क्रममा जनसम्पर्क समितिले खेलेको भूमिका,काँग्रेसको बर्तमान अबस्था,चुनाव हार्नुको कारण,गुटबन्दीका असरहरू,भाबी रणनिति कस्तो लिनु पर्छ भन्ने बिषयमा खुलेरै चर्चा गर्नुको साथै जनसम्पर्क समितिको महासमिति सदस्य र महाधिवेशन प्रतिनिधिहरू मध्यबाट केन्द्रिय सदस्य बन्नका लागि काँग्रेसले बाटो खुल्ला गर्नु पर्ने धारणा ब्यक्त गर्नु भयो।कार्यक्रमको सभापतित्व नेपाली जनसम्पर्क समिति मकाउका सभापति लेख बहादुर गुरूङले गर्नु भएको थियो भने कार्यक्रम संचालन महामन्त्री कर्ण बहादुर अधिकारीले गरेका थिए।