पछिल्लो पटक बोल मायाले खायो नेपालि गित संगीत,यो गित हिट हुनुको कारण यस्तो पो रहेछ ,गायक प्रकाश सपूतले खोले रहस्य

काठमाडौं – लोक दोहोरी गीतको ईतिहासमा आज सम्मको सबै भन्दा छिट्टै चर्चा अनि सफल लोकदोहोरी गित “बोल माया” बन्न सफल भएको छ । नारायण रायमाझी र सान्तीश्री परियारको सुमधुर स्वर रहेको यस गीतको लय तथा सब्द संकलनकाका साथमा कथा परिकल्पना र निर्देशन पनि प्रकाश सपुतको नै रहेको छ । यस गीतमा बिदेशिएका नेपालिहरुको कथाब्यथा जोडिएको छ ।
गीतको म्युजिक भिडियोमा प्रकाश सपुतले (मरेको अभिनय) गरेका छन् भने साथमा देबेन्द्र बब्लु र सितारे गन्धर्वको अभिनयमा साथ दिएका छन् । बोल माया गीतको सफलताको कारण भिडियोमा अन्जली अधिकारीको अभिनय पनि देख्न सकिन्छ फरक बिषय बस्तु र परिवेसमा निर्माण गरेको यस “बोल माया” गीतमा बरिष्ठ गायक नारायण रायमाझी र पछिल्लो पुस्ताकी चर्चित स्वरकी ध्वनि गायिका सान्तीश्री परियारको मन छुने कलात्मक गायिकी नै मुख्य श्रेय जान्छ ।
गीत संगीतमा कृतीहरू बिकृतीमा बढ्दै गई रहेको अबस्था र स्रोताहरूको बिसुद्ध गीतको खोजी गरी रहेको बेलामा बोल माया जस्तो गीत बजारमा आउनु नै अर्को उपलब्धी हो । त्यसैमा पनि सबैका प्रिय गायक नारायण रायमाझीको केही समय देखी गीत सुन्न नपाएका उनका स्रोताहरू र त्यसैमा नारायण रायमाझी शैली कै गीत सांगीतिक बजारमा आउनु पनि अर्को यथार्त हो ।