पहिलो पटक नेपालकै महँगो दोहोरी गायिका बिष्णु माझी र महँगो दोहोरी गायक पुस्कल शर्माको एक साथ् भेट (हेर्नुहोस)

बियोगान्त गीत संगीतको एकाधिकार जमाउन सफल रहेका गायक तथा मोडल पुस्कल शर्माको नयाँ गीत ‘पिडाको राजधानी’आएको छ।

लामो समयदेखी आफ्नो गीतमा सिर्जना, गायन र अभियन समेत आफैँ गर्दा आएका शर्माको यस पटकको गीतमा भने अभिनय मात्र रहेको यस गीतको चर्चा सार्वजनिक हुनु अगावै सुरु भएको छ । यस अघि सार्वजनिक भएको उनको फ्यान गीत सर्वप्रथम युट्युवको टे«डिङ्ग नम्बर १ मा आएको लोक गीत हो ।

यस गीतलाई मन्दीर म्युजिक कम्पनीले बजार व्यवस्थापन गरेको छ । गणेश अधिकारी र विष्णु माझीले स्वरबद्ध गरेको यस गीतको अभिनयमा पुस्कल शर्मा र अनु श्रेष्ठलाई देख्न सकिन्छ ।

नलाउ झुठो पिरती ३ मा संग्रहित गरिएको यस गीतको शब्द सुनिल केसीको हो भने संगीत गणेश अधिकारीको हो । हाल गीतको सम्पादनमा व्यस्त रहेका सम्पादक दिपक विष्ट यो गीतले एक पटक फेरी तहल्का पिट्ने बताउँछन् । अजय रेग्मीले छायाँकन गरेको यो भिडियोको निर्देशन भने काजिश श्रेष्ठले गरेका छन् ।

Leave a Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.