‘भैरे’ बहुप्रतिक्षित चलचित्रको बढ्दो क्रेज, श्रावण ४ गते रिलिज पक्का

स्कटनेपाल , जेष्ठ ९ गते बुधबार २०७४ काठमाण्डौं

छायांकन अवधि देखिनै सर्वसाधारण बिच अत्यधिक चर्चा परिचर्चाको शिखरमा पुग्न सफल नेपालय सिनेमा ईन्टरनेशनल प्रा.लि.को ब्यानरमा निर्माण गरिएको निर्देशक एभरेष्ट सूर्य बोहराको बहुप्रतिक्षित चलचित्र ‘भैरे’को बिशेष कारणवश रिलिज डेट सरेको खबर प्राप्त भएको छ । जेठ १८ लाई रिलिज टार्गेट गरेर प्रचार प्रसार शुरु गरिएको चलचित्र ‘भैरे’को रिलिज मिति श्रावण ४ गते सारिएको जानकारी निर्देशक श्री एभरेष्ट सूर्य बोहराले दस्तावेज डट कमलाई दिनुभयो ।

नेपाली मौलिकताको बेजोड प्रस्तुति,नेपाली परिवेशको अत्यन्त मनछुने कथा,पटकथा,संगीत एवं बहुआयामिक शैलीमा करोडौं दर्शकको मन जित्ने उद्धेश्यले निर्माण गरिएको चलचित्र ‘भैरे’ मा सर्वाधिक हिट कलाकारहरू जस्तै दयाहाङ राई ,बुद्धि तामाङ, सुरक्षा पन्त,वर्षा सिवाकोटी,अनुभव रेग्मी, चर्चित नायक बिक्रान्त बस्नेत,जयनन्द लामा लगायत सुप्रसिद्ध छायाँकार पुरुषोत्तम प्रधान आदि रहेका छन् ।

यस चलचित्रमा सुनिल थापा (रातेकाईंला), चर्चित नायक बिक्रान्त बस्नेत, वर्षा शिवाकोटी, बुद्धि तामाङ (हैट) जयनन्द लामा, सबिता गुरुङ, जान्हवी बोहरा, कुमारी लामा लगायतका कलाकारहरू मुख्य भूमिकामा रहने छन् भने बाल कलाकारहरूमा अनुभव रेग्मी, कञ्चन ठकुरी,अंकित पौडेल लगायतको पनि अभिनय रहेको छ । पुरुषोत्तम प्रधानको छायाङ्कन रहेको उक्त चलचित्रमा कविराज गहतराजको नृत्य निर्देशन, वसन्त सापकोटा, अर्जुन पोखरेल एवं चर्चित गायक एम बरालको सङ्गीत रहेको छ । समग्रमा भन्नुपर्दा चलचित्र ‘भैरे’आर्थिक,सामाजिक एवं मनोरन्जनको हिसाबले पनि निकै अगाडी बढ्ने दावी गरिएको छ । स्मरण रहोस् चलचित्र ‘भैरे’को ‘सनम माया लाको’ र ‘सान्नानीलाई भेट्न आउँदा’ बोलका दुईवटा चर्चित गीतहरू सर्वाधिक हिट लिस्टको सूचीमा परिसकेका छन् ।

निर्देशक एवं कलाकार एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘भैरे’को निर्माता द्दय प्रेम प्रसाद पौडेल र देवीमाया अधिकारी रहनुभएको छ भने कार्यकारी निर्मातामा लेख बहादुर पुन ‘डेनिम’,सह निर्मातामा करुणाकर घिमिरे रहनुभएको छ । पटकथा तथा संवाद अभिमन्यु निरवी र दिनेश न्यौपानेको रहेको उक्त चलचित्रमा सूर्य थोकरको द्दन्द निर्देशन रहेको छ ।