मकाउमा दीप प्रज्वलन: एसियाकै तेस्रो ठुलो कम्युनिष्ट पार्टी बनेको खुशियालीमा

मकाउ, जेठ १४

नेपालका दुई ठुला कम्युनिष्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीच एकता भएर नेपाल कम्युनिष्ट पार्टी गठन भएको उपलक्ष्यमा मकाउस्थित जनवर्गीय संगठनहरु प्रवासी नेपाली मंच र नेपालि जनप्रगतिशिल मंचको सयुक्त आयोजनामा शुभकामना आदानप्रदान तथा दीप प्रज्वलन कार्यक्रम ब्रोकन चर्च स्थित नेपाली रेस्टुरेन्टमा मे २७ मा समपन्न भएको छ ।

प्रवासी नेपाली मञ्च मकाउका वरिष्ठ उपाध्यक्ष कृष्णबहादुर अधिकारीको अध्यक्षता र नेपालि जनप्रगतिशिल मंच मकाउका अध्यक्ष ऋषि खड्काको विशेष आथित्यमा सम्पन्न भएको उक्त कार्यक्रमको संचालन प्रवासी नेपाली मञ्च मकाउका महासचिव उत्तम गुरुङले गर्नु भएको थियो । साथै कार्यक्रममा अन्य अथितिहरु प्रवासी नेपालि मंच मकाउका सल्हाकार राजेश प्रसाई, नेपालि जनप्रगतिशिल मंचका वरिष्ट उपाध्यक्ष सोनु पन्त, महासचिव राजन खत्री लगायत हुनुहुन्थ्यो भने कार्यक्रमको व्यवस्थापन प्रवासी मंञ्चका पदाधिकारी द्वय रेशम रानाभाट र नारायण के.सी.ले गर्नुभएको थियो ।

राष्ट्रिय धुनसंगै दीप प्रज्वलन गरेर सुरु गरिएको कार्यक्रममा प्रवासी नेपाली मञ्च मकाउका उपाध्यक्ष शिब थापाले पुष्पलाल श्रेष्ठको अग्रसरतामा २००६ सालमा गठन भएको नेपाल कम्युनिष्ट पार्टी विभिन्न काल खण्डमा टुटफुट र जुटका लामा श्रृंखला पार गर्दै आज करिव ७ दशक पछि पुनः एक शक्तिशाली पार्टी बन्न सफल भएकोमा खुशी ब्यक्त गर्दै स्वागत मन्तव्य राखेका थिए ।


मन्तब्यको क्रममा नेपाली जनप्रगतिशील मंच मकाउका अध्यक्ष ऋषि खड्काले ‘२००६ सालमा ५ जनाले सुरु गरेको नेपाल कम्युनिष्ट पार्टी अहिले सिङ्गै देशकै राजनीतिको धरोहर भइसकेको र यो एकता जन अनुमोदित भएको बताउनुभएको थियो । दुवै पार्टीको एकताले नेता कार्यकर्ता तथा आम श्रमजिवी वर्गमा खुशियालीका साथसाथै आशा जगाएको र अब पार्टीको एकता सँगै आम कार्यकर्ता पन्तिमा भावनात्कम एकताको पनि जरुरी भएको भन्दै यो अबस्थामा सबैले आ-आफ्नो स्थानबाट सरकार र पार्टीलाई सक्दो सहयोग गर्नुपर्ने धारणा ब्यक्त गर्नुभएको थियो ।

त्यस्तै कार्यक्रमका संचालन तथा प्रवासी नेपाली मंचका महासचिव गुरुङले नेपालका तत्कालीन दुई ठुला पार्टी एमाले र माओवादी केन्द्रले गत असोज १७ गते पार्टी एकीकरण गर्ने अठोट सहित बाम गठबन्धन गरी निर्वाचनमा गएको र सोही अनुसार जनमत प्राप्त गरेको बताउनुभएको थियो ।

कार्यक्रमको समापन गर्दै कार्यक्रमका अध्यक्ष तथा नेपाली प्रवासी मञ्च मकाउका वरिष्ठ उपाध्यक्ष अधिकारीले यो एकता संगै “सुखी नेपाली समृद्ध नेपाल” को नारा सार्थक हुने तर्क राखेका थिए ।