मकाउमा अहिले सम्मकै ” LG Night ” 3 भब्य रूपमा सम्पन्न। (फोटो फिचर सहित)

कर्ण अधिकारी मकाउ, चीन,

BROTHERHOOD ASSOCIATION OF MACAU-NEPAL को ब्यानरमा बम लिम्बुको प्रस्तुति र हेम तामाङ् आयोजकत्वमा आयोजना गरीएको एल जी नाईट ३(LG NIGHT 3) कार्यक्रम मकाउमा भब्यताको साथ एतिहासिक रूपमा मे २३ तारीकका दिन सम्पन्न भएको छ।

उक्त कार्यक्रममा हंगकंग निवासी चेतन गुरूङ,बिशाल गुरूङ् र हिमाल रानाको पनि गहन भुमिका रहेको थियो।एलजी नाईट अर्थात लाली गुराँस नाईटको मकाउमा यो तेश्रो कार्यक्रम हो।मकाउमा रोजगार र ब्यबशाय गरी बसेका नेपालीहरूलाई मनोरञ्जन दिनकै लागि कार्यक्रम गरीएको हो।कार्यक्रममा नेपाल आईडलका बुद्ध लामा,निशान भट्टराई र प्रताप दासले गीत गाएर भरपुर मनोरञ्जन दिएका थिए भने कमेडी तर्फ जितु नेपाल मुन्द्रे र सन्दिप क्षेत्रीले प्रस्तुति दिएका थिए।त्यसै गरी नृत्य तर्फ मनिस लिम्बु , सुष्मा लिम्बु , निभा राई , र छिरिङ शेर्पाले नृत्य प्रस्तुत गरी भरपुर मनोरन्जन दिएका थिए।

कार्यक्रम बिहान १० बजे र बेलुकी ८:३० बजेको समयमा गरीएको थियो।कार्यक्रममा लगभग बिहान र बेलुकी गरी १ हजार भन्दा माथि दर्शकहरूको उपस्थिति रहेको थियो।बिहान र बेलुकी उद्घाटन गरी रीवन काट्नका लागि प्रमुख अतिथी र अतिथिहरू तय गरीएको थियो।बिहानको कार्यक्रममा बम लिम्बु,हेम तामाङ्,चेतन गुरूङ,बिशाल गुरूङ,हिमाल राना,आई सी सी सदस्य मुकेश कुमार बरूवाल,मकाउ चेम्बर अफ कमर्सका प्रतिनिधि सुवास थापा,प्रवासी मंञ्चका बरीष्ठ उपाध्यक्ष कृष्ण अधिकारी,नेपाली समाज मकाउका उपाध्यक्ष युवराज न्यौपाने,तमु समाज मकाउका अध्यक्ष रामेन्द्र गुरूङ,शेर्पा समाज मकाउका अध्यक्ष याङ् ग्याल्जेन शेर्पा,किराँत राई यायोख्याका सचिव अर्विन राई,मंण्डला गोल्वल कम्पनीका डाईरेक्टर दीपक क्षेत्री,पाकिस्थानी एशोशियसनका अध्यक्ष अली,ब्यबशायी रूस्तम श्रेष्ट,विन होटलमा कार्यरत सेक्युरीटी म्यानेजर भक्ति मार्टिनले सयुक्त रूपमा रीवन काटेर उद्घाटन गरेका थिए।

बेलुकी गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परीषद्का सल्लाहकार यम कुमार गुरूङ(त्रिलोक)को प्रमुख आतिथ्यमा गैर आबासीय नेपाली संघ मकाउका अध्यक्ष शान्ति देवी अधिकारी,नेपाली जन सम्पर्क समिति मकाउका सभापति लेख बहादुर गुरूङ्, गैर आबासीय नेपाली संघ अन्त राष्ट्रिय समन्वय परीषद्को आर्थिक स्थायीत्व कमिटीका एशिया प्यासेफिकका सह अध्यक्ष एवं नेपाली जनसम्पर्क समिति मकाउका संस्थापक सभापति अम्बिर जोशी,अन्त राष्ट्रिय नेपाली समाज मकाउका संयोजक प्रजुन अधिकारी,मकाउ बडी बिल्डिङ एशोशियसनका अध्यक्ष सृजन(बाबा भाई),जन प्रगतिशील मंञ्चका बरीष्ठ उपाध्यक्ष पदम सिंह पन्त,भेनिशियन होटलमा कार्यरत सेक्युरीटी म्यानेजर अमित गुरूङले संयुक्त रूपमा रीवन काटेर उद्घाटन गरेका थिए।कार्यक्रमका बिषयमा स्कट नेपाल डटकमका संबाददाता कर्ण अधिकारीले बम लिम्बु र हेम तामाङसंग जिज्ञासा राख्दा यो कार्यक्रम मकाउमा रहनु भएका नेपालीहरूलाई भरपुर मनोरञ्जन दिनका लागि तय गरीएको थियो र आउँदा दिनहरूमा पनि एल जी नाईटलाई निरन्तरता दिने कुराको प्रतिबद्धता जाहेर गर्नु भएको छ।कार्यक्रममा स्पोन्सर गर्नु हुने सम्पूर्ण ब्यबशायीहरू र भोलिनटियर साथी भाई प्रति आयोजकले हार्दिक आभार प्रकट गरेको छ।