गायक सन्जिव सिंहको गीत “गोरी यता सुन न” को भिडियो सार्वजनिक

स्कटनेपाल युके,

गायक सन्जिव सिंहको गीत “गोरी यता सुन न” को भिडियो सार्वजनिक भएको छ । प्राय आप्mनो भिडियोहरु विदेशमा छायांकन गर्न रुचाउने गायक सिंहको यो भिडियो पनि अस्ट्रेलियामा छायांकन गरिएको छ ।
अस्ट्रेलियाको विभिन्न रमणीय स्थानमा छायांकन गरिएको उक्त भिडियोमा मोडल दिनेश कार्की र सौरभी मानन्धरको अभिनय रहेको छ ।

नेपाल छंदै मोडलिङमा स्थापित मोडल दिनेश कार्कीले बेलायत बसाईको क्रममा पनि मोडलिङलाई निरन्तर्ता दिएका थिए । बेलायतमै गायक यश वmुमारको “शंका गर्न” को भिडियो, एन.एच.एस नेशनल हेल्थ सर्भिसको टि.बी. रोग सम्बन्धी विज्ञापन लगायतमा मोडलिङ गरेर बेलायतमा चिनिएका कार्की सन्जिव सिंहको यस भिडियोबाट अस्ट्रेलियाको मोडलिङ छेत्रमा पनि आपूm स्थापित हुनेमा विश्वस्त रहेको बताए ।

सन्जिव सिंहको शब्द संगीत स्वरमा रहेको उक्त रिमिक्स गीतको म्युजिक भिडियो गोल्डेन टाइम्स मिडियाले निर्माण गरेको हो ।
गोल्डेन टाइम्सले यस अघि पनि केही म्युजिक भिडियो र सर्ट मुभिहरु दर्शक माझ ल्याइसकेको छ ।
माया प्रेममा आधारित यस गीतमा दुई प्रेमी बिचको कथा वस्तु उल्लेख रहेको छ ।
कृष्ण भण्डारीको निर्देशन सम्पादन रेहेको उक्त भिडियोमा विनोद केसीको छायांकन रहेको छ ।